काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकार संसदीय मान्यताप्रति गम्भीर नभएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको अन्तिम दिन संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल अनेकौँ उद्घटन गर्न भ्याएपनि संसदमा नआएको कारणले प्रभावकारी नभएको बताए । संसदीय समिति गठनमा सरकार गम्भीर नहुँदा कानून निर्माणको काम अलपत्र परेको आरोप लगाए […]