तालिबानको कब्जापछि पहिलो विदेशी व्यावसायिक उडान काबुलमा

पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए) को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ । तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता कब्जामा लिएपछि यो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान काबुल एयरपोर्टमा आएको हो । इस्लामावादबाट उडानमा सवार एक यात्रु एएफपी पत्रकारले विमानमा करिब १० जना यात्रु सवार रहेका र त्यसमा पनि यात्रु भन्दा बढी धेरै विमानका कर्मचारी रहेका जनाएका छन् । पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि आइतबार

सम्बन्धित सामग्री

प्याराग्लाइडिङका लागि ‘फ्लाई तानसेन’

नामै अनौठो, फ्लाई तानसेन अर्थात तानसेन उडौं । घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई लक्षित गर्दै ८ महिनादेखि तानसेनका युवा रुपम कक्षपतिले सुरु गरेको संस्था हो यो । यो संस्थाले प्याराग्लाईडिंग (टेन्डम) को व्यावसायिक उडान गरीरहेको छ । मंसिरदेखि असार मसान्तसम्म करीब २ सय जनाले तानसेनको आकाशमा फन्को मारिसकेका छन् ।“भ्रमणमा आउने स्वदेशी तथा विदेशी […]

शुरु भयाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत–भैरहवा सीधा उडान हुने

काठमाडाैं : आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीका दिन जजिरा एयरलाइन्सको जहाजले कुवेत–भैरहवा सीधा जोड्ने भएको छ।उक्त उडानका लागि आवश्यक गृहकार्य भइरहेको छ। बिहीबारदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स पहिलो व्यावसायिक उडान भर्ने विदेशी एयरलाइन्स हुने भएको छ।आगामी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त एयरलाइन्सले कुवेतबाट सीधै गौतमबुद्ध विमानस्थलसम्म उडान भर्ने अनुमति पाएको छ।यसैगरी उक्त एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन उडान गर्

जेठ २ गते कुवेत-भैरहवा सिधा जोडिँदै

काठमाडौँ । आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीका दिन जजिरा एयरलाइन्सको जहाजले कुवेत–भैरहवा सिधा जोड्ने भएको छ । उक्त उडानका लागि आवश्यक गृहकार्य तयारी भइरहेको छ । बिहीबारदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स पहिलो व्यावसायिक उडान भर्ने विदेशी एयरलाइन्स हुने भएको छ । आगमी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त […]

भैरहवा–कुवेत उडान गर्न जजिराको प्रस्ताव

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सकिएलगत्तै उडान गर्न कुवेतको जजिरा एयरवेजले नेपाल सरकारमार्फत नागरिक उड्डयन प्राधिकरणसमक्ष प्रस्ताव गरेको छ । वैशाख १ मा नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडानको तयारी छ । विदेशी वायुसेवाले पहिलो पटक उक्त विमानस्थलमा व्यावसायिक उडान थाल्ने प्रस्ताव गरेको हो ।

कोरिया जाने पर्खाइमा रहेकाहरूलाई छिटो लैजान आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउन कोरियाली पक्षसँग आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले मन्त्रालयमा मंगलवार कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र शीप परीक्षा उत्तीर्ण गरी कोरिया जाने पर्खाइमा रहेका युवालाई छिटो लैजाने वातावरण बनाउन आग्रह गरेका हुन् । मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षलाई आग्रह गरे । अहिले चार्टर्ड उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन् । एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्ररूपमा फैलिरहेको बताएका थिए । कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीले समस्या भएको उनको भनाइ छ । विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकाले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उनले बताए । यसअघि कोरोना संक्रमणका कारण माघ दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुनः खुला गरिएको थियो । करीब ७ हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना संक्रमणपछि ९८४ जना गइसकेका छन् ।

पोखरामा प्याराग्लाइडिङ उडान पुनः सञ्चालन गरिँदै

पोखरा । कोभिड–१९ का कारण पोखरामा पछिल्लो समय ५ महीनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकुद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । ‘लामो समयदेखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सचेतना र उपकरणको जाँच गरेर उडान सञ्चालन गर्ने तयारी गरेका छौं, अब यसै हप्ता उडान शुरू हुनेछ,’ उनले भने । सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेष्ट फ्लाइट पनि भएकाले एक–दुई दिनभित्रै व्यावसायिक उडान थालिने नले बताए । संस्थाले सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई एकदिने सचेतना तालिमसमेत प्रदान गरेको जानकारी उनले दिए । ‘लामो समय उडान नहुँदा उपकरण बिग्रिन सक्ने भएकाले ग्लाइडर, रेस्क्यु, जाँच गरेर टेष्ट फ्लाइट गरी उडान सञ्चालन गर्नेछौं,’ उनले भने । संस्थाका महासचिव बलराम आचार्यले उडानसँग आबद्ध २०० व्यक्तिलाई प्याराग्लाइडिङ सुरक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिइएको बताए । साहसिक खेलका रूपमा ब्राण्डिङ भएको प्याराग्लाइडिङ पोखरामा सन् १९९९ देखि व्यावसायिक उडान शुरू भएको हो । प्याराइडिङको पोखरामा ६० कम्पनी छन् भने ३५० प्यारा पाइलट छन् । विदेशी प्यारापाइलट भने १५ जना छन् । यस क्षेत्रमा झण्डै १ अर्ब रुपैयाँ लगानी छ भने १ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पहिलो बन्दाबन्दी खुकुलो भएसँगै प्याराग्लाइडिङ कम्पनीले उडानमा ५० देखि ६० प्रतिशतसम्म छूट दिएर आन्तरिक पर्यटकलाई आकर्षित गरेका थिए । छूटसँगै प्याराग्लाइडिङ गर्न पोखरा आउने आन्तरिक पर्यटकको संख्या बढेको थियो । कोभिडअघि ५ हजारदेखि ८ हजारसम्म शुल्क लिइँदै आएकोमा पछिल्लो समय २५ सयदेखि ३ हजार रुपैयाँ शुल्कमा उडान हुँदै आएको थियो । अब सञ्चालन हुने उडानमा कति शुल्क लिने भन्ने विषयमा टुंगो लागिनसकेको र व्यवसायीबीच छलफल गरेर मात्र शुल्क निर्धारण गर्ने तय गरिएको महासचिव आचार्यले जानकारी दिए । रासस

तालिबानको कब्जापछि पहिलो विदेशी व्यावसायिक उडान काबुलमा

काबुल । पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए) को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ । तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता कब्जामा लिएपछि यो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान काबुल एयरपोर्टमा आएको हो । इस्लामाबादबाट उडानमा सवार एक यात्रु एएफपी पत्रकारले विमानमा करिब १० जना यात्रु सवार रहेका र त्यसमा पनि यात्रु भन्दा […]

झुम्मिए पर्यटक प्याराग्लाइडिङमा (फोटोफिचर)

चाडपर्वको मौसम चलिरहेका बेला पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको भीड लागेको छ । बन्दाबन्दी खुलेसँगै असोज १५ देखि व्यावसायिक उडान सुरु गरिएको प्याराग्लाइडिङमा दैनिक पाँच सयदेखि सात सय जनाले उडान गर्ने गरेका छन् । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीका अनुसार यस अगाडिका वर्षमा विदेशी पर्यटकको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाका कारण प्याराग्लाइडिङका लागि आउनेमध्ये ७० प्रतिशत पोखराका र ३० प्रतिशत अन्य जिल्लाका रहेका छन् । कोरोनाले सबै पेसा, व्यवसाय ठप्प

व्यावसायिक उडान भर्न १२ वटा वायुसेवा कम्पनीको प्रस्ताव

मधुजंग पाण्डे काठमाडौं । सरकारले आगामी १ भदौबाट हवाई उडान सञ्चालनको अनुमति दिएसँगै अहिले विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय व्यावसायिक उडान भर्न प्रस्ताव गरेका छन् । अहिलेसम्म स्वदेशी र विदेशी गरी १२ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय व्यावसायिक उडान भर्न प्रस्ताव गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अहिलेसम्मयी वायुसेवा कम्पनीले काठमाडांैबाट विभिन्न गन्तव्यकालागि अन्तर्राष्ट्रिय उडान …

निगमको दोस्रो वाइड बडी ‘मकालु’ बैंकक उड्यो

८ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गरेको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको मकालु विमानले आजदेखि बैंकक नियमित उडान शुरु गरेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । विदेशी विमानचालक (पाइलट) ‘क्याप्टेन’ र नेपाली विमान सहचालक …