झुम्मिए पर्यटक प्याराग्लाइडिङमा (फोटोफिचर)

चाडपर्वको मौसम चलिरहेका बेला पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको भीड लागेको छ । बन्दाबन्दी खुलेसँगै असोज १५ देखि व्यावसायिक उडान सुरु गरिएको प्याराग्लाइडिङमा दैनिक पाँच सयदेखि सात सय जनाले उडान गर्ने गरेका छन् । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीका अनुसार यस अगाडिका वर्षमा विदेशी पर्यटकको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाका कारण प्याराग्लाइडिङका लागि आउनेमध्ये ७० प्रतिशत पोखराका र ३० प्रतिशत अन्य जिल्लाका रहेका छन् । कोरोनाले सबै पेसा, व्यवसाय ठप्प