मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर उद्धार गरिएको तीन महिनासम्म पनि घिमिरेको स्वास्थ अवस्थामा अपेक्षित सुधार आउन नसकेको जानकारी दिएको हो । नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले २७ जेठमा केही समाजसेवीको सहयोगमा घिमिरेको उद्धार गरेकी थिइन् । चौधरीले नै घिमिरेको उपचारमा लाग्ने खर्च व्यहोर्दै आएकी छिन् । घिमिरेको उपचारमा ५० लाखभन्दा धेरै खर्च भइसकेको र अस्पतालमा उपलब्ध सबै प्रविधि, सिप र विधिको प्रयोग गरिएको