सरकारले करिब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् २४ अर्ब ७० करोड रुपैयाँ उठाउन लागेको हो । जसअनुसार १५ अर्ब २० करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ९ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।