काठमाडौं : पछिल्लो समय छिमेकी देश भारतमा संक्रमितको संख्या तीव्र बढिरहेको र केही दिनयता नेपालको पनि सीमावर्ती क्षेत्रमा संक्रमितको संख्या बढेको हुँदा स्मार्ट लकडाउनमा जानुपर्ने अवस्था आएको विज्ञहरूले बताउन थालेका छन्।अझै भारतमा ओमिक्रोन संक्रमण बढ्दै गएको र सुदूरपश्चिम र प्रदेश १ मा कोरोना संक्रमित ह्वात्तै बढेको हुँदा संक्रमणको अवस्था हेरेर विशेष ठाउँमा आंशिक लकडाउन गर्नुपर्ने वेला आएको बताउँछन्‚ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रो