काठमाडौं- रूसमा पुटिन प्रशासनको प्रखर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा मृत्यु भएपछि संयुक्त राष्ट्रसङ्घ र विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूले घटनाको छानबिन गर्न आग्रह गरेका छन् । रूसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले शुक्रबार जनाएको थियो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘हिरासतमा भएको […]