भोजपुर / भोजपुरको तिम्मामा व्यावसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ । दश वर्षअघि परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि भोजपुर तिम्माका सङ्गम राईले व्यावसायिकरूपमा नै सतुवा खेती शुरु गर्नुभएको हो । रु ४५ लाखको लगानीमा शुरु गरिएको सतुवालगायत जडीबुटी खेती गरेर सफल उद्यमीका रुपमा स्थापित हुनुभएका राई यसबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहनुभएको...