सल्यान : शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भएका ७ जनामध्ये ४ लाई थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार १ जनालाई दाङ र ३ जनालाई नेपालगञ्ज रिफर गरिएको हो।सल्यान बागचौर नगरपालिका-८ कोटमौलाका ४८ वर्षीय अजमद कामीलाई दाङ्ग रिफर गरिएको छ भने वडा न ८ गैरागाउँकी ६३ वर्षीया चम्फा ढकाल, कोटमौलाका ७५ वर्षीय लिलानाथ योगी र छत्रेश्वरी गाउँपालिका-२ दहखोलाकी २२ वर्षीया अन्जना गिरी खड्कालाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी