काठमाण्डौ – सरकारले कीर्तिपुर नगरपालिका वडा नम्बर ५ पाँगाको खाःचो बस्तीका बासिन्दालाई जग्गा धनी प्रमाण पत्र लालपुर्जा वितरण गरेको छ ।
२०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई अहिलेसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरि हिजो लालपुर्जा वितरण गरेको हो ।
नापी भएर अहिलेसम्म ब्लकमा रहेका ३६ वटा कित्ताका ३२ स्थानीय घर परिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले यो वर्षको कार्यक्रम नै नभएको बजेट तथा कर्मचारी अभावका बीच तत्काल जग्गा नापी गरेर भूमिहीन नागरिकला...