नक्कली प्रोफाइल बनाई चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको अभियोगमा पर्वत कुश्मा नगरपालिका-१४ स्थायी वतन भएका ४२ वर्षीय राम कुमार सुनारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा पीडितको तस्विर र नाम राखी नक्कली प्रोफाइल खोली अश्लील तस्विर तथा भिडियोहरूमा अनुहार जोडी दुःख, हैरानी तथा चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान तथा …

सम्बन्धित सामग्री

सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने एक पक्राउ

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक युवकलाई पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसुरमा व्युरोले नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–११...

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका(७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ।...

श्रीमान्बाटै चरित्रहत्या

काठमाडाैं : श्रीमतीको तस्वीर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अश्लील क्याप्सन सार्वजनिक गरी चरित्रहत्या गर्ने रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षका जीवन दमाईलाई पक्राउ गरिएको हो।प्रहरीको साइबर ब्यूरोले आज एक सूचना जारी गरी अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ। त्यस्तै ब्यूरोले सामाजिक सञ्जालमा चार बालिकाको तस्वीर प्रयोग गरी नक्कली फेसबुक खो

श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ । श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अश्लील क्याप्सन सार्वजनिक गरी चरित्रहत्या गर्ने रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षका जीवन दमाईंलाई पक्राउ गरिएको हो । प्रहरीको साइबर ब्युरोले आज एक सूचना जारी गरी अदालतबाट म्याद […]

महिलाको चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ

प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । एक जना भने नेपाल प्रहरीका वहालवाला कर्मचारी रहेका छन् । विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेको आरोपमा रौतहटका घर भइ धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको […]

अभिनेत्री रेखा थापाको चरित्रहत्या गरेको आरोपमा शर्मिला पक्राउ

काठमाडौँ– अभिनेत्री रेखा थापाको चरित्रहत्या गरेको आरोपमा अभियानी शर्मिला वाइवा पक्राउ परेकी छन् । अभिनेत्री थापाले साइबर ब्यूरोमा जाहेरी दिएपछि प्रहरीले वाइवालाई चितवनको टाँडीबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमा स्टाटस लेखेपछि आफूलाई गाली बेइज्जत गरी चरित्रहत्या गरेको भन्दै थापाले वाइवाविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहबाट पीडित […]

चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

काठमाडाैं ।  युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पु-याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युुरोले जनाएको छ । पक्राउपर्नेमा दैनिकखबर युट्युब च्यानलका […] The post चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चरित्रहत्या गरेको आरोपमा चारवटा युट्युब च्यानलका सञ्चालक पक्राउ

काठमाडौँ- प्रहरीको साइबर ब्युरोले चरित्रहत्या गरेको आरोपमा चारवटा युट्युब च्यानलका सन्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सन्चालक दाङको तुल्सीपुर स्थायी घर भएका २१ वर्षीय प्रदिप भण्डारी, हरेक पलको खबरका सन्चालक नुवाकोटको सूर्यगढी नगरपालिका स्थायी ठेगाना भएका २७ वर्षीय शिशिर अधिकारी, सारैचुली मिडियाका सन्चालक मोरङको बेलबारी नगरपालिका स्थायी घर भएकी ३५ वर्षीया […]

स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने एकजना पक्राउ

पर्सा। स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर गरेको आरोपमा प्रहरीले एकजनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साह रहेका छन्। आफ्नो फेसबुक पेज तथा मेसेन्जरसमेतबाट स्वास्थ्यकर्मीलाई पटक-पटक आपत्तिजनक शब्दहरू प्रयोग गरेको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

फेसबुकमार्फत स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं : स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज उपमहानगरपालिका बस्ने २४ वर्षीय सौरभ साहलाई नियन्त्रणमा लिएको हो। साहले वीरगंजको विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई चरित्र हत्या गर्ने, धम्की दिने लगायत कार्य गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी…