स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने एकजना पक्राउ

पर्सा। स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर गरेको आरोपमा प्रहरीले एकजनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साह रहेका छन्। आफ्नो फेसबुक पेज तथा मेसेन्जरसमेतबाट स्वास्थ्यकर्मीलाई पटक-पटक आपत्तिजनक शब्दहरू प्रयोग गरेको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

सम्बन्धित सामग्री

फेसबुक  फेक एकाउन्टमार्फत चरित्रहत्या गरेको आरोपमा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा तेस्रोलिंगीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ का इनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामा छन् । प्रारम्भिक अनुसन्धानका क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्टमार्फत पीडितको तस्बिर...