बनेपामा राखिएको शङ्कास्पद वस्तु निष्क्रिय पारेसँगै यातायात चल्यो

काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुल बजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुल बजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै ९:३० बजेबाट यातायात चलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सो शङ्कास्पद वस्तु राखेको व

सम्बन्धित सामग्री

शङ्कास्पद वस्तु भेटिएपछि बन्द भएकाे आँबुखैरेनी–गोरखा सडक खुल्याे

गाेरखा - गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा फेला परेकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ । नेपाली सेनाकाे बम डिस्पाेजल टाेलीले शङ्कास्पद वस्तु निष्क्रिय पारेपछि आँबुखैरेनी–गोरखा सडक खण्डमा आवतजावत खुलाइएकाे छ ।  आज बिहान झन्डै ५ बजे सडकको बीचमा नयाँ प्रेसरकुकरमा तार जोडेर छाडेको अवस्थामा फेला पारेपछि सडक बन्द गरिएकाे थियाे । प्रेसरकुकर नजिकै रातो झण्डा पनि भेटिएकाे थियाे ।  केहीबेर अघिदेखि सडकमा यातायात सञ्चालनमा आएकाे एस...

गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाण्डाै - नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । बिहान बाँस्कोटाको भक्तपुरमा रहेको घरको कम्पाउण्ड छेउमा शङ्कास्पद वस्तु रहेको खबर आएपछि बम डिस्पोजल त्यहाँ पुगेको थियो । त्यस क्षेत्रलाई घेरेर राखिएको थियो ।  यो क्षेत्रमा सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको थियो । सेनाले डिस्पोज गरेसँगै त्यस क्षेत्रमा आवागमन खुलाइएको छ । शङ्कास्पद वस्तु निष्क्रिय पारेको र त्यहाँ विस्फोटक पदार्थ केही पनि नभेटिएको सेनाले जनाएको छ । बाँस्क...

बझाङमा पिमी कैलाश मतदान केन्द्रमा शङ्कास्पद वस्तु भेटियो

काठमाडौँ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शङ्कास्पद वस्तु भेटिएको छ । प्रेसरकुकर बम जस्तो देखिने उक्त शङ्कास्पद बस्तु निष्क्रिय पार्न विरभद्रजंग गुल्म पानकोटबाट नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ । बुंगल ८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा पनि […]

संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारियाे

काठमाडौँ, १६ फागुन। नयाँ बानेश्वर संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको हाे। संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियाे। शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइएको थियाे। प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ […]

संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारियाे

काठमाण्डाै - नयाँ बानेश्वर संसद् भवन अगाडिकाे मुख्य सडकमा भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय  पारिएकाे छ । संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियाे। नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको हाे। शङ्कास्पद वस्तु  भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइएको थियाे।  प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका जानकारीमा आएको छ । घटनाको अनुसन्धान भइरहेको प्रह...

अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु निष्क्रिय पारेसँगै यातायात चल्यो

बनेपा, १६ फागुन: काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै ९.३० बजेबाट यातायात […]

पुरानो बानेश्वर नजिकै राखिएकाे शङ्कास्पद वस्तु डिस्पाेज गरियाे

काठमाण्डाै – काठमाण्डाैकाे पुरानो बानेश्वर नजिकै राखिएकाे शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । आज बिहीवार बिहान काठमाण्डाै महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मात्रिका आई सेन्टरको तेस्रो तलामा रहेकाे शौचालयभित्र राखिएकाे शङ्कास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो ।  अहिले त्याे क्षेत्र सुरक्षित रहेको र तर्साउने ध्येयले राखिएको त्यो शङ्कास्पद वस्तु बम नभएको नेपाली सेनाको डिस्पोजल टोलीले जानकारी गराएको छ । डिस्पोजल टोलीले यसको ब...

दमकमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा फेला परेको  शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। दमक नगरपालिका ९ स्थित चिया दोकान नजिकैको भित्री सडकको प्रगति मार्गमा बिहीबार बिहान बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको थियो।प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार एउटा टिनको बट्टामा तार बाँधेर सडकमा फालिएको अवस्थामा सो शङ्कास्पद वस्तु भेटिएको थियो।त्यस शङ्कास्पद वस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ९ बजे निष्क्रिय पारेको छ। उक्त टि

एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय

पाँचथर । मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मङ्गलबार साँझ सप्तमी बजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । आज बिहान सो स्थानमा पुगेको नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले पुरानो सकेट बम निष्क्रिय पारेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । खिया लागेको पुरानो सकेट बम त्रास फैलाउने उद्देश्यसहित राखिए

बम नेपाली सेनाको टोलीले निष्क्रिय बनायो

बैतडीमा फेला परेको बम नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको छ । महाकाली राजमार्गअन्र्तगत दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित सडकमा राखिएको बम सेनाको टोलीले निष्क्रिय पारेको हो । बेवारिसे अवस्थामा फेला परी निष्क्रिय पारिएको उक्त शङ्कास्पद वस्तु डेक्ची बम रहेको बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।