संजाल शर्मा, बागलुङ ।
अखिल नेपाल युवक संघ जैमिनी नगरको ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संघका महासचिव कृष्णराज पाण्डेको प्रमुख आतित्थ्यतामा बिनमारेमा सञ्चालित प्रशिक्षण शनिबार सम्पन्न भएको हो ।
नगर अध्यक्ष यम पुनको अध्यक्षता र सदस्य खगेन्द्र थापाको सञ्चालनमा चलेको प्रशिक्षण कार्यक्रममा संघका महासचिव पाण्डेले युवक संघको उदेश्य र इतिहास, पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार तिलक थापाले युवा आन्दोलनको दिशा, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले समसामयिक राजनीतिक परिस्थितिका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
यसतै, राजमोका जिल्ला सल्लाहकार गौरिश्वर पाण्डेले पार्टी अनुशासन र जनवादी केन्द्रीयता, कृषि विज्ञ माधव पौडेलले उद्धमशिलताका संभावना र कृषि, जनजाति सम्मेलनका पूर्व सल्लाहकार नरबहादुर पुनले दर्शन, पूँजि, दृष्टिकोण र उत्पादनमा युवाको भूमिका लगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै महासचिव कृष्णराज पाण्डे युवाहरुले देशको बर्तमान राजनैतिक स्थिति बुझेर प्रगतिशील आन्दोलनमा जुझारु प्रकारले लाग्ने विश्वास व्यक्त गर्दै प्रशिक्षणले जे कार्यक्रम र योजना बनाएको छ त्यसलाई कार्यान्वयन गर्न जैमिनी नगर समिति एउटा नमुना बन्नेछ भन्ने आशा ब्यक्त गर्नुभयो । उहाँले युवाहरुलाई आफ्नो अधिकारको निम्ती एकजुट भएर आन्दोलित हुन आव्हानसमेत गर्नु भयो ।
त्यसैगरी युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्माले युवाहरूको मुख्य समस्या बेरोजगारी भएको बताउँदै उद्धमशिलतामा युवाहरू सकृय रुपमा लाग्दै, समाजमा व्याप्त भ्रष्टाचार, शोषण–दमन र अन्यायको विरुद्ध शसक्त प्रतिरोध गर्दै सभ्य, विकसित र न्यायीक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्न युवाहरूलाई अनुरोध गर्नु भयो ।
जैमिनी–५ का वडा अध्यक्ष गोपाल पौडेल र ब्यबस्थापकको तर्फबाट महिला नेत्री तथा जनप्रतिनिधि रुद्रा केसीले मन्तव्य राख्दै युवाहरूलाई आवस्यक परेको साथ र सहयोग गर्न आफूहरु तयार रहेको बताउनु भयो ।
कार्यक्रममा प्रशिक्षक गौरिश्वर पाण्डे, नरबहादुर पुन र माधव पौडेलले आतिथ्यता ग्रहण गर्नु भएको थियो । जैमिनी नगर अध्यक्ष यम पुनको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन नगर सचिव सुरेन्द्र रानाले गर्नु भएको थियो ।
प्रशिक्षण भेलाले जैमिनी नगर भित्र फाल्गुन महिना भरिमा वडा भेला र सदस्यता वितरण सहित प्रशिक्षण कार्यक्रम गर्ने निर्णय ...