जावलाखेललाई हराउँदै सातदोबाटो झापा गोल्डकपको क्वार्टरफाइनलमा

झापा : ट्राइब्रेकरमा भाग्यमानी साबित हुँदै सातदोबाटो यूथ क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको अन्तिम ८ मा प्रवेश गरेको छ। अब सातदोबाटो क्वार्टर फाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग भिड्नेछ।बिर्तामोड-३ स्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेल युथ क्लबलाई पराजित गर्‍यो। टाइब्रेकरमा जावलाखेलका राजन रावलको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले रोकेपछि सातदोबाटोको विजय निश्चित बनेको थियो। ज

सम्बन्धित सामग्री

झापा गोल्डकप : त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लब खेल्दै

काठमाण्डाै - झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन्। खेल दिउँसो साढे २ बजे बिर्तामोडको डोमलाल राजवंशी मैदानमा सुरु हुनेछ । क्वाटर फाइनलमा आर्मीले दार्जिलिङको मानेभञ्ज्याङ युथ क्लबलाई हराएको थियो भने सातदोबाटोले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो। आजको विजेताले उपाधिको लागि आयोजक झापा ११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।...

झापा गोल्डकप : सातदोबाटो सेमिफाइनलमा

विराटनगर । अन्तिम १० मिनेटमा भएको गोलमा सातदोबाटो युथ क्लबले सोमबार सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २–१ ले हराउँदै झापा गोल्डकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।  झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सातदोबाटोले गोलका लागि ८२ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । सातदोबाटोले ८२औँ मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको हो...