विराटनगर । अन्तिम १० मिनेटमा भएको गोलमा सातदोबाटो युथ क्लबले सोमबार सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २–१ ले हराउँदै झापा गोल्डकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सातदोबाटोले गोलका लागि ८२ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । सातदोबाटोले ८२औँ मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको हो...