१६ जिल्लाका १ सय ६३ स्थानीय तह साक्षर हुन बाँकी

काठमाडौं । देशका ६१ जिल्ला साक्षर घोषणा हुँदा मधेश प्रदेशमा साक्षरताको अवस्था शून्य प्रायः छ । स्थानीय तहले जागर नदेखाउँदा तराईका ८ जिल्ला साक्षर हुन सकेका छैनन् । हालसम्म तराईका ८ र अन्य ८ गरी १६ जिल्ला पूर्ण साक्षर हुन नसकेका हुन् । सरकारले गत सन् २०१५ सम्ममा देशलाई पूर्ण साक्षर घोषणा गर्ने जनाउँदै अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा भएका छन्। जिल्लाको कनकासुन्दरी गाउँपालिका, हिमा, सिंजा, चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिका साक्षर गाउँपालिकाका रूपमा घोषणा भएका हुन्।

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा भएका छन्। जिल्लाको कनकासुन्दरी गाउँपालिका, हिमा, सिंजा, चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिका साक्षर गाउँपालिकाका रूपमा घोषणा भएका हुन्।

जुम्लाका तीन स्थानीय तह साक्षर घोषणा

जुम्लाका तीन स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा, सिंजा र चन्दननाथ नगरपालिका साक्षर पालिकाका रुपमा घोषणा भएका हुन् । साक्षर घोषणा गर्न तोकिएका सूचकहरु पूरा भएपछि साक्षर पालिका घोषणा गरिएको हो ।

साक्षर कर्णाली घोषणाको उपलब्धी न्यून

आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले ल्याएको ‘साक्षर कर्णाली प्रदेश’ घोषणाको उपलब्धि शून्यको अवस्थामा रहेको छ । अभियानकै रूपमा प्रदेशका १० वटै जिल्लाका ग्रामीण वस्तीमा साक्षरता कक्षा सञ्चालन गरी साक्षरता अभियान थालिने लक्ष्य थियो । आव ०७५/७६ देखि ०७७/७८ सम्म कर्णालीका ७९ वटै स्थानीय तह हुँदै समग्र प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने लक्ष्य थियो […]

एउटा स्थानीय तह पनि साक्षर नभएको विषयमा बेखबर छन् नेता

देशका सबै प्रदेश र जिल्ला पूर्ण साक्षर हुन लाग्दा पनि मधेस प्रदेशका आठ जिल्ला र सबै स्थानीय तह साक्षर नभएकोमा मधेसकेन्द्रित दलका नेतामा कुनै चासो र चिन्ता देखिएको छैन । दलका...

केही स्थानीय तह साक्षर घोषणा नहुँदै कैलाली बन्यो साक्षर जिल्ला

धनगढी । कैलालीका केही स्थानीय तह साक्षर घोषणा नहुँदै जिल्लालाई साक्षर घोषणा गरिएको छ । यहाँका चार वटा स्थानीय तह अहिलेसम्म साक्षर घोषणा गरिएका छैनन् ।कैलाली जिल्लालाई बुधबार साक्षर घोषणा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले १५ देखि ६० वर्ष उमेर समूहमा साक्षरता दर ९५ प्रतिशतभन्दा माथि रहेकाले जिल्लालाई साक्षर घोषणा गरिएको बताए ।‘कैलालीका १३ वटै स्थानीय तहले साक्षर घोषणा गरी कार्यपालिकाको निर्णय पठाएपछि बुधबार साक्षर जिल्ला घोषणा गरिएको हो,’ उनले भन

२३ जिल्ला र २ सय ७० स्थानीय तह अझै साक्षर हुन बाँकी

काठमाडौं, असोज ४। सरकारले सञ्चालन गरेको १३ वर्ष भइसक्दा पनि अझै २३ जिल्ला साक्षर जिल्ला हुन सकेको छैन । साक्षरता अभियानमा हालसम्म ५४ जिल्ला मात्र साक्षर घोषित भएको छ । सरकारले हरेक वर्षको बजेट भाषण र नीति तथा कार्यक्रममा साक्षरता अभियानलाई समावेश गरी झन्डै ३ अर्ब रुपियाँ खर्च गरिसक्दा समेत यो अभियानले सफलता पाउन सकेको […]

कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुन सकेनन्

कर्णाली साक्षर घोषणा अभियान अलपत्र परेको छ । आव २०७५/०७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिए पनि अझै हुन सकेको छैन ।तीन वर्षमा साक्षर प्रदेश घोषणा गर्ने नीति लिएको कर्णाली प्रदेशका १० जिल्लामध्ये अझै पाँचवटा जिल्ला साक्षर घोषणा हुन बाँकी छ । कर्णालीका ७९ मध्ये ३६ स्थानीय तह साक्षर […]

सोलुखुम्बुका तीन ओटा स्थानीय तह साक्षर घोषणा

वैशाख ५, जिल्लाको तीन स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा गरिएको छ । शनिवारदेखि थुलुङ दुधकोशी गाउँपालिका पनि साक्षर गाउँपालिका बनेको छ । गाउँपालिका केन्द्र मुक्लीमा आयोजित कार्यक्रममा गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको प्रवक्ता भुपाल सिं राईले जानकारी दिए । १६ वर्षदेखि ६० वर्ष उमेर समूहका ९१६ निरक्षरलाई साक्षर बनाउनका लागि गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रममा ९०२ जना सहभागी भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । यसरी हेर्दा ९८ दशमलव ५ प्रतिशत थुलुङदुधकोशीबासी साक्षर बनेका छन् ।  अभियान सञ्चालनका लागि शिक्षक, स्थानीय नागरिक, विद्यार्थी र जनप्रतिनिधिले महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष राईले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।  थुलुङ दुधकोशीमा २०६८ सालको जनगणनामा १९ हजार ६७२ जनसंख्या रहेकोमा पालिकाको वस्तुगत विवरण २०७७ अनुसार २२ हजार ३७५ जनसंख्या रहेको गाउँपालिकाले जानकारी दिएको छ ।  यस्तै गएको मंगलवार मात्रै जिल्लाको नेचा सल्यानलाई पनि साक्षर गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीका अनुसार कुल १५ हजार ५२६ जनसंख्यामध्ये ९७ प्रतिशत साक्षर भएपछि साक्षर गाउँपालिका घोषणा गरिएको हो । साक्षर गाउँपालिका घोषणा गर्ने नेचासल्यान पहिलो गाउँपालिका बनेको हो ।  त्यसैगरी, बिहीवार जिल्लाको एक मात्र सोलुदुधकुण्ड नगरपालिकालाई पनि साक्षर नगरपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा संक्लन गरिएको तथ्यांक्अनुसार सोलुदुधकुण्ड नगरपालिकाको कुल जनसंख्या २४ हजार ३२३ मध्ये ९६ दशमलव ५२ प्रतिशत साक्षर रहेको बताइएको छ ।  नेपालको नीतिअनुसार ५ प्रतिशत नागरिक निरक्षर हुँदा पनि साक्षर स्थानीय तह घोषणा गर्न सकिन्छ । जिल्लाको स्थानीय तहका अनुसार साक्षरता बढाउनका लागि टोल बस्तीमा कार्यक्रमसमेत सञ्चालन गरिएको छ । रासस