भोजपुर एमाले अध्यक्षमा शरण राई चयन

भोजपुर – नेकपा एमाले भोजपुरमा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ । अध्यक्षका लागि चुनावकाे सम्भावना प्रबल रहेकोमा नेताहरूको पटक–पटकको कसरतपछी सहमतिमा नेतृत्व छानिएको हो । अध्यक्षमा शरणकुमार राई सर्वसम्मत हुनुभएकाे छ । माधव नेपालले नयाँ पार्टी खाेल्नुभएकाेमा असन्तुष्टि जनाउँदै राई एमालेमै बस्नुभएकाे थियाे । उहाँ एमालेमा रहँदा पालिकाका जनप्रतिनिधि र गाउँपालिका प्रमुखसहित ठूलो हिस्सा नेकपा एसमा जानबाट रोक्किएको थियो । अर्का दाबेदार मक्कर खड्कालाई उपाध्यक्षमा सहमति गराइएको छ । सर्वसम्मत भएका अन्य पदाधिक...

सम्बन्धित सामग्री

एमालेको भोजपुर पुग्ने टोलीलाई ५७ घरमा बास

काठमाडौँ- नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ राष्ट्रिय अभियानका लागि भोजपुर पुग्ने टोलीका लागि ५७ वटा घरमा बासको ब्यवस्था गरिएको छ । सोमबार भोजपुर सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा भोजपुर नगरपालिका भित्रका ७ वडाका ५७ घरमा तीन सय जनालाई बस्ने ब्यवस्था मिलाइएको नेकपा एमाले भोजपुर कमिटीले जनाएको छ । पत्रकार सम्मेनलका क्रममा अभियानका क्रममा रहेका टोलीलाई होटल र रिसोर्ट […]

जसपा छोडेका राई एमाले प्रवेश गर्दै

जनता समाजवादी पार्टी (जसपा) का नेता हेमराज राई नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ । नेता राईले गत साउन १ गते जसपाबाट राजीनामा दिएका थिए । भोजपुर घर भएका हेमराज विगतमा अशोक राईसँगै एमाले परित्याग गरे पनि उनी पुनः एमालेमै फर्कन लागेका हुन् ।

भोजपुर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काठमाडौं : भोजपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कैलासकुमार आले विजयी भएका छन्।उनले ५ हजार ६ सय ५१ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भरतकुमार तामाङले ५ हजार १ सय मत प्राप्त गरे।त्यस्तै उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार निर्मला शेर्पाले बाजी मारिन्। उनले ५ हजार ५ सय मत प्राप्त गर्दा कांग्रेसका मनिता राईले ५ हजार १ सय ३३ मत पाइन्।

एमाले भोजपुरद्धारा बागी उठेका दुईजना निष्कासित

काठमाडौं, २० बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा ( एमाले) भोजपुरले पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका २ जनालाई निष्कासित गरेको छ। एमालेले जिल्ला कमिटि सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुर नगर वडा कमिटिी १२ टक्सारका कुमार श्रेष्ठलाई पार्टीको सदस्यतासमेत नरहने गरी कारबाही गरेको हो । दौलथ साल्पासिलिछो गाउँपालिका अध्यक्षमा र श्रेष्ठ भोजपुर […]

एमाले भोजपुरले टुङ्गो लगायो तीन स्थानीय तहको उम्मेदवार

भोजपुर : नेकपा एमाले भोजपुरले  तीन स्थानीय तहको प्रमुख र दुई स्थानीय तहमा उपप्रमुख सर्वसम्मत उम्मेदवार तय गरेको छ।भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाका सम्बन्धित कमिटीले आइतवार प्रमुखको उम्मेदवार र दुई स्थानीय तहमा उपप्रमुख सर्वमम्मत  छानेको एमाले भोजपुरका उपाध्यक्ष मकर खड्काले जानकारी दिए।एमालेले भोजपुर नगरपालिकाको मेयरमा भरतकुमार तामाङ र उपमेयरमा निर्मला शेर्पालाई अघि बढाएको छ। त्यस्तै टेम्कैमैयुङ गाउँपालिकामा हालका गाउँपालिका अध्यक्ष ध्रुवराज राईलाई पु

भोजपुरका सबै वडामा गठबन्धन गर्ने निर्णय, दबाबमा एमाले

सत्ता गठबन्धन दलहरुले भोजपुर जिल्लाका सबै वडामा गठबन्धन गरेर स्थानीय चुनावमा जाने निर्णय गरेका छन् । कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाको नेतृत्वमा आज बसेको गठबन्धन दलहरुको बैठकले ९ वटा स्थानीय तह र ८१ वटै वडाहरुमा गठबन्धन गर्ने निर्णय गरेको हो । ‘भोजपुर जिल्ला नेपाली कांग्रेसको सभापति विनोद वान्तवाको अध्यक्षतामा सत्तारुढ गठबन्धन दलको बैठक बसी आगामि स्थानीय तहको निर्वाचनमा भोजपुर जिल्ला समन्वय समिति, ९ स्थानीय तह र ८१ वटै वढडाहरुमा गठबन्धन गरी शानदार विजय हासिल गर्ने निर्णय गरियो,

एमाले भोजपुरमा शरणकुमार राई

भोजपुर, २६ पुस: नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको सर्वसम्मत् नेतृत्व चयन भएको छ । एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई,उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती सर्वसम्मत् चयन भएका छन् । एमालेको आठौं जिल्ला अधिबेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जिल्ला कमिटी चयन भएको हो । जिल्ला […]

एमाले भोजपुरको अध्यक्षमा शरणकुमार राई

भोजपुर : नेकपा एमाले जिल्ला कमिटी भोजपुरको सर्वसम्मत नेतृत्व चयन भएको छ। एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो।कमिटीको उपाध्यक्षमा मकर खड्का, सचिवमा किरण राई, उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराती  सर्वसम्मत चयन भएका छन्। एमालेको आठौं जिल्ला अधिवेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जिल्ला कमिटी चयन भएको हो।जिल्ला अध्यक्षमा शरण कुमार राई र मकर खड्काको दावेदारी रहेको थियो। दुई जनाबीच सहमति गराउन शुक्रबारबाट शुरु भएको अधिवेशन आइतबारसम्म लम्बिएको थियो।एमालेका स्थायी कम

जेठ २ मा फर्कियो भोजपुर एमाले (तस्बिरहरू)

भोजपुर । नेकपा एमाले भोजपुर जिल्ला कमिटी जेठ २ मा फर्किएको छ । १० बुँदे सहमति कार्यान्वयनको क्रममा पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काइएको हो । पार्टी विभाजनपछि पहिलोपटक एमाले जिल्ला कमिटीको बैठक तथा कार्यकर्ता भेला आयोजना गरिएको छ । बैठकमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य हरिबहादुर राई, अध्यक्ष प्रेमकुमार राई, […]