काठमाडौं : भोजपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कैलासकुमार आले विजयी भएका छन्।उनले ५ हजार ६ सय ५१ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भरतकुमार तामाङले ५ हजार १ सय मत प्राप्त गरे।त्यस्तै उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार निर्मला शेर्पाले बाजी मारिन्। उनले ५ हजार ५ सय मत प्राप्त गर्दा कांग्रेसका मनिता राईले ५ हजार १ सय ३३ मत पाइन्।