निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते एकै चरणमा गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।
आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचनको अर्को मिति प्रस्ताव गरेको हो ।
प्रधानमन्त्री देउवासहित मन्त्रिपरिषद्का सदस्यसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुने मिति प्रस्ताव गरेको जानकारी...