ग्रामीण भेगमा विद्युतीकरण गर्दै तनहुँ जलविद्युत्

दमौली । हालसम्म विद्युत् सुविधा नपुगेको तनहुँका ग्रामीण भेगमा तनहुँ जलविद्युत् आयोजनामार्फत विद्युतीकरणको काम अगाडि बढेको छ । विद्युत् सेवा नपुगेका तनहुँका विभिन्न ठाउँमा आयोजनामार्फत विद्युतीकरणको काम अगाडि बढेको हो ।      आयोजनामार्फत जिल्लाका घिरिङ, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत् नपुगेका घरधुरीमा विद्युतीकरण गरिने इन्जिनीयर लक्ष्मण रेग्मीले जानकारी दिए ।    तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इष्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५ मङ्सिर १३ गते ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनीले ३३/११ केभी वितरण लाइन निर्माण गर्नेछ । विद्युतीकरणका लागि घिरिङ गाउँपालिका–४ कोटसाभुङ र बन्दीपुर गाउँपालिका–६ साराङघाटमा सबस्टेशन निर्माणको काम भइरहेको छ । तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका ८ हजार घरधुरीमा विद्युतीकरण गरिनेछ । ती घरधुरीमा विद्युतीकरणका लागि ८८ करोड बजेट खर्च हुनेछ । उक्त आयोजनामार्फत केही दिन अगाडि बन्दीपुर गाउँपालिका–६ को खहरे, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१४ को मास्दीघाट, सुढे रिजाल्दीको ११५ घरमा बत्ती बलेको छ । बत्ती बलेसँगै उक्त ठाउँ अन्धकारमुक्त भएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उक्त वडामा बत्ती बलेसँगै गाउँपालिकाका सबै घरधुरीमा विद्युत् पहुँच पुगेको जानकारी दिए । आयोजनामार्फत नै देवघाट गाउँपालिका–१ मा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगिसकेको छ । देवघाट गाउँपालिका–५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । त्यस क्षेत्रमा पहिले लघु जलविद्युत्मार्फत विद्युत् आपूर्ति भइरहेको थियो । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको काम पनि अगाडि बढिसकेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि आयोजनाले तनहुँतर्फको जग्गा अधिग्रहणको काम अगाडि बढाएको हो । रासस

सम्बन्धित सामग्री

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौं । २०८३ असारभित्र सम्पन्न हुने लक्ष्य लिइएको तनहुँ जलविद्युत् आयोजनाको सुरुङको ब्रेक थु्र भएको छ । रिसिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मि. लामो सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो । २०८३ सालको […] The post तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तनहुँ जलविद्युत् आयोजनामा २८ सुरुङ खनियो

११ माघ, दमौली । एक सय४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हालसम्म २८ वटा सुरुङ खन्ने काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको प्याकेज एक र प्याकेज दुईतर्फ गरी कुल २८ वटा सुरुङ खन्ने काम सकिएको हो । प्याकेज एकतर्फ १० वटा तथा प्याकेज दुईतर्फ १८ वटा सुरुङ खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले […]

तनहुँ जलविद्युत् आयोजनाको प्रगति ३४ प्रतिशत

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाका प्रबन्ध निर्देशक किरण श्रेष्ठले आयोजनाले हालसम्म रु १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार खर्च गरेको जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेसन, …

तनहुँ जलविद्युत् आयोजनामा ब्रेक थ्रु

काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको डाइभर्सन टनेलको ब्रेक थ्रु भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको आयोजनाको डाइभर्सन टनेलको ब्रेक थ्रु भएको हो । आयोजनाले ६ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेल निर्माण सम्पन्न गरेको हो । टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल निर्माणका […]

तनहुँ जलविद्युत् आयोजना : ३४ प्रतिशत प्रगति

काठमाडौँ, २१ फागुन । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यस अवधिमा रू […]

तनहुँ जलविद्युत् आयोजना : प्रवेश सुरुङको ‘ब्रेक थ्रु’

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको हो । ‘ब्रेक थ्रु’ भएपछि अब सेती नदीको बायाँतर्फबाट हुने निर्माणका …

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका-५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ।...

तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सुरु

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ खन्ने कार्य अघि बढाइएको छ । एक हजार चार सय ५० मिटर लामो पानी ल्याउने सुरुङ खन्नुपर्ने भएकाले हालसम्म तीन सय ५० मिटर खन्ने कार्य सम्पन्न भएको छ ।निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले तनहुँ जलविद्युत् आयोजनाको काम तीव्ररूपमा भइरहेको आयोजनाका निमित्त प्रमुख राजभाई शिल्पाकारले जानकारी दिए । हाल आयोजनाको प्याकेज एकअन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम भइरहेको छ । उक्त

निषेधाज्ञामा तनहुँ जलविद्युत् : ३१४ मिटर लामो सुरुङ खनियो, अन्य केके भइरहेको छ ?

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको तनहुँ जलविद्युत् आयोजनाको काम निषेधाज्ञाको अवधिमा पनि सञ्चालन भइरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर आयोजनाको कामलाई गति दिइएको आयोजनाले जनाएको

तनहुँ जलविद्युत् आयोजनाले सेती नदीको दुवैतर्फ तटबन्ध लगाउने

निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले सेती नदीको दुवैतर्फ तटबन्ध लगाउने भएको छ । नदीले धार परिवर्तन गर्दा बेलवासतर्फको बस्ती नै जोखिममा परेको भन्दै आयोजनासँग तटबन्ध लगाउन स्थानीयले...