जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ खन्ने कार्य अघि बढाइएको छ । एक हजार चार सय ५० मिटर लामो पानी ल्याउने सुरुङ खन्नुपर्ने भएकाले हालसम्म तीन सय ५० मिटर खन्ने कार्य सम्पन्न भएको छ ।निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले तनहुँ जलविद्युत् आयोजनाको काम तीव्ररूपमा भइरहेको आयोजनाका निमित्त प्रमुख राजभाई शिल्पाकारले जानकारी दिए । हाल आयोजनाको प्याकेज एकअन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम भइरहेको छ । उक्त