तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका-५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ।...

सम्बन्धित सामग्री

जलविद्युत् आयोजनाद्वारा विद्यालय निर्माण

तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारस्थित तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण सुरु गरिएको छ। व्यास नगरपालिका–५, बेनीपाटनमा रहेको पराशर माध्यमिक विद्यालयमा आठकोठा भएको दुईतले भवन आयोजनाले आफ्नो खर्चमा निर्माण कार्य सुरु गरेको छ। व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयले भवन बनाउन सुरु गरेको हो। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले बिहीबार श्रीपञ्चमीका दिन भवनको शिलान्यास गर्नुभएको छ।