सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत हप्ता प्रकाशित गरेको चलचित्र जाँचसम्बन्धी कार्यविधि -२०८० को मस्यौदाले सिनेमा निर्माता, निर्देशक र सिनेमासँग सम्बन्धित व्यक्तिहरूलाई निराश मात्र हैन, आक्रोशित बनाएको छ। मन्त्रालयले यस कार्यविधिको मस्यौदामार्फत् अब बन्ने सिनेमामा कानुनको स्पष्ट सम्भावित खाका प्रस्तुत गरेको छ। अर्थात् भर्खरै विकास हुँदै गरेको नेपाली सिनेमा कलाले आउने दिनमा थुप्रै निषेध बेहोर्नुपर्ने […]