राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने श्रीकृष्ण घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको जुटपानी गाविस घर भएका तामाङले वैदेशिक रोजगार सञ्चालन गर्ने अनुमति नै नपाए पनि राम्रो पारिश्रमिक हुने, आकर्षक रोजगारका लागि इजरायल, जापान लगायतका वैदेशिक मुलुकहरूमा पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जानकारी दिएको छ । वैदेशिक रोजगार कसुरका तीन थान मुद्दाहरूमा सर्वोच्च अदालतबाट गत चैत १७ गते फैसला गर्दै तामाङलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिमको कसुरमा जम्मा ६ वर्ष कैद र छ लाख