काठमाडौँ। जनयुद्ध दिवस मनाउनेबारे नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई जवाफ दिएका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले उपाध्यक्ष पौडेलले जनयुद्ध सुरू भएको दिनलाई उत्सवका रुपमा लिन नसकिने बताएका थिए। उनले जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेका थिए। फिर्ता लिन नसके सदनमा प्रस्ताव ल्याउन […]