कैलाली र कञ्चनपुरमा विभिन्न घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । चट्याङ तथा डुबानमा परेर दुवै जिल्लामा गरी पाँच जनाको मृत्यु भएको र तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।कैलालीको कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने पर्नुराम चौधरीको श्रीमती वर्ष ५६ की सुगपंखी देवी चौधरीको चट्याङले मृत्यु भएको छ । घर नजिकै खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।कैलारी गाउ