गृहमन्त्री खाणलाई हराउँदै रुपन्देही ३ बाट राप्रपाका दीपक बोहोरा निर्वाचित

काठमाडौँ – रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन्। गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै बोहोराले जित हात पारेका हुन्। बोहोराले ३६ हजार ६४८ मत पाउँदा गृहमन्त्री खाँणले ३४ हजार ६ मत पाए। उक्त क्षेत्रमा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए।

सम्बन्धित सामग्री

रुपन्देही–३ बाट दीपक बोहरा निर्वाचित, हारे गृहमन्त्री खाँण

१० मंसिर, रुपन्देही । रुपन्देही–३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् । बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।

रुपन्देही ३ मा खाणको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री बोहोरा दोस्रो नम्बरमा

रुपन्देही क्षेत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोरा दोस्रो नम्बरमा छन्।

रुपन्देही ३ मा बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका दीपक बोहोरा अगाडी

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा मतगणनाका क्रममा गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले उछिनेका छन्। १० हजार ६४० मतगणना हुँदा बोहरा ४ हजार १७० मत ल्याएर अगाडि छन्। खाणले ३ हजार ९१९ मत प्राप्त गरेका छन्। यसअघि सुरुवाती मतगणनामा खाणले अग्रता लिइरहेका थिए। अहिले सियारी गाउँपालिका वडा […]

रुपन्देही ३ मा गृहमन्त्री खाणलाई उछिन्दै दीपक बोहोरा अगाडि

रुपन्देही– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोराले कांग्रेस उम्मेदवार बालकृष्ण खाणलाई उछिनेका छन्। १० हजार ६४० मतगणना हुँदा बोहराले ४ हजार १७० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार  तथा गृहमन्त्री खाँणले ३९१९ मत ल्याएका छन्।बोहोरालाई नेकपा एमालेले समर्थन गरेको छ भने खाँणको साथमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र राष्ट्रिय जनमुक्तिको समर्थन छ ।

हामी दोब्बर मतान्तरले जित्छौँ : स्वाती थापा

रुपन्देही-३ लाई यस चुनावमा विशेष महत्वका साथ हेरिरहेका छन् । यस क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट बालकृष्ण खाण उम्मेदवार रहेका छन् भने एमाले, राप्रपा र जसपाबाट दीपक बोहोरा साझा उम्मेदवार बनेका छन् । यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसै सन्दर्भमा चुनावी सेरोफेरोमा केन्द्रित रहेर संयुक्त निर्वाचन परिचालन कमिटी रुपन्देही-३ की संयोजक तथा राप्रपा नेतृ स्वाती थापासँग गरिएको कुराकानी :रुपन्देही–३ का राप्रपा उम्मेदवार दीपक बोहरा बोल्न नसक्ने अवस्था रहेछ । खास भएको

मतदाताले काम गर्ने व्यक्तिलाई चुन्नु हुन्छ : बालकृष्ण खाँण

रुपन्देही-३ लाई यस चुनावमा विशेष महत्वका साथ हेरिरहेका छन् । यस क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट बालकृष्ण खाण उम्मेदवार रहेका छन् भने एमाले, राप्रपा र जसपाबाट दीपक बोहोरा साझा उम्मेदवार बनेका छन् । यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसै सन्दर्भमा  चुनावी सेरोफेरोमा केन्द्रित रहेर गृहमन्त्री खाँणसँग गरिएको कुराकानी प्रस्तुत छ :रुपन्देहीमा ६ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार हुनुहुन्छ, चुनावी प्रचार–प्रसार कसरी अगाडि बढेको छ ? चुनावी परिचालनमा हामीले सम्प

रुपन्देही-३ : गृहमन्त्री खाँण र पूर्वमन्त्री बोहोराको प्रतिस्पर्धा

बहालवाला मन्त्रीविरुद्ध पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएपछि रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी माहोल गरमागरम छ । यहाँ गृहमन्त्री तथा कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । उनलाई टक्कर दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहोरा पनि चुनावी मैदानमा छन् ।

निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन : थापा

रुपन्देही-३ लाई यतिबेला देश विदेशमा रहेका नेपालीले विशेष महत्वका साथ हेरिरहेका छन् । स्थानीयतासँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाका स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाबाट साझा उम्मेदवार बनेका दीपक बोहोरा र मणिग्राम घर भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपाको गठबन्धनका उम्मेदवार बालकृष्ण खाणबीच प्रतिस्पर्धा हुने भएकाले याे क्षेत्र अन्यभन्दा बढी नै चर्चामा छ । यसै सन्दर्भमा तीन […] The post निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन : थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुपन्देही-३ मा खाँण र बोहोरा : अघिल्लोमा सहयात्री, अहिले प्रतिस्पर्धी

बुटवल। गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र राप्रपाका नेता दीपक बोहोरा अघिल्लो आमनिर्वाचनमा सहयात्री थिए । २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच गठबन्धन थियो भने राप्रपाका बोहोरा कांग्रेसको समर्थनमा चुनाव लडेका थिए । त्यसबेला बोहोरालाई जिताउन हलो चिन्हमा मत माग्दै हिँडेका गृहमन्त्री खाँण अहिले भने उनै बोहोराका प्रतिस्पर्धी छन् । सत्ता गठबन्धनबाट खाँण […]

रुपन्देही–३ : बालकृष्ण खाँण र दीपक बोहोराबीच रोचक प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले राप्रपा उम्मेदवारलाई सघाएको छ ।सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यहाँ एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका नेता दीपक बोहोरा उम्मेदवार छन् ।पञ्चायतकालमा चार र गणतन्त्र स्थापनापछि तीन पटक मन्त्री बनिसकेका राप्रपाका नेता दीपक बोहोरा उमेरले ७२ वर