भीमदत्तमा मेट्रिक घर नम्बरिङ सुरु

कञ्चनपुर– भीमदत्त नगरपालिकामा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयनमा ल्याइएको छ। नगरपालिकाको वडा नं १ देखि मेट्रिक प्रणालीअन्तर्गत घर नम्बर राख्न सुरु गरिएको हो। नगरपालिका क्षेत्रमा रहेका घरको पहिचान सहजै गर्न मेट्रिक विधिमा आधारित रहेर घर नम्बर राख्न सुरु गरिएको छ। सडकका चोक, सार्वजनिक स्थानलगायत निश्चित घरको दूरीका आधारमा घरको ठेगाना पत्ता लगाउने विधि नै मेट्रिक […]

सम्बन्धित सामग्री

नेपालगञ्जका घर ‘मेट्रिक’ प्रणालीमा

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकामा ‘मेट्रिक’ घर नम्बर प्रणाली आजदेखि सुरु भएको छ ।  नेपालगञ्ज–१२ बीपी चोकमा ‘विपी मार्ग रोड नेम प्लेट’ को शुभारम्भ गर्दै नगरप्रमुख प्रशान्त विष्टले मेट्रिक घर प्रणाली सुरु गरेका हुन् । रोड नेम प्लेटको शुभारम्भपछि नगरप्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको सुरुवात गरेका थिए । पहिलो […]

विराटनगरमा मेट्रिक ठेगाना प्रणाली शुरू

विराटनगर। विराटनगर महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जीआईएस हाउस नम्बरिङ सिस्टम) कार्यान्वयनका लागि घर नम्बर राख्न शुरू गरेको छ । शहरीकरणसँगै घर संख्या बढ्दो अवस्थामा रहेकाले महानगरले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याएको हो । सो प्रणालीले नगरवासीको घर पहिचान गर्न सहज बनाउने बताइएको छ । नमूनाको रूपमा पहिलो चरणमा विराटनगरका मुख्य बजार क्षेत्रका ६७ घरमा नम्बरिङ गरिने महानगरपालिकाले बताएको छ । महानगरकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले आइतवार जीआईएस हाउस नम्बरिङ सिस्टमको प्रारम्भ गरिन् । महानगरको कार्यालयसँगै जोडिएको विराटनगर–७ का देवकीनन्दन अग्रवालको घरमा पहिलो नम्बर टाँस गरेर यसको थालनी गरिएको हो । रोडशेष चोकलाई मिलन बिन्दु मानेर मेनरोडका घरहरूमा दूरीका आधारमा घर नम्बर टाँस गरिनेछ । यसमा बाटो, गल्ली र टोलको नाम उल्लेख हुनेछ । निकट भविष्यमा अन्य स्थानमा पनि नम्बरिङ कार्यान्वयन गराउने कार्कीले बताइन् । एडीबीको सहयोगमा सञ्चालन भएको आरयूडीपी परियोजनाअन्तर्गत छुटेको काम अहिले कार्यान्वयनमा आएको महानगरपालिकाका इञ्जिनियर अर्जुन थापाले जानकारी दिए ।

विराटनगरका घर ठेगाना मेट्रिक प्रणालीमा

विराटनगर– आरयूडीपी प्रोजेक्टअन्तर्गत विराटनगर महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जीआईएस हाउस नम्बरिङ सिस्टम) कार्यान्वयनका लागि घर नम्बर राख्न सुरु गरेको छ । महानगरले सहरीकरणसँगै घर संख्या बढ्दो अवस्थामा रहेका कारण मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याएको हो । यो प्रणालीले नगरवासीको घर पहिचान सहज बनाउनेछ । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले आइतबार जीआईएस हाउस नम्बरिङ सिस्टमको […]

वीरगन्जमा घर पहिचान गर्न ‘मेट्रिक’ प्रणाली सुरु

नगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने महानगरका प्रमुख राजेशमान सिंहले बताए।...

ललितपुर महानगरको घर ‘मेट्रिक’ ठेगाना प्रणालीमा - NepaliPatra

काठमाडौँ। ललितपुर महानगरका– ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन्। ललितपुर महानगरभित्रका सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण सम्पन्न समेत भएको छ। भौगोलिक सूचना प्रणाली (जिआई एस) अधिकृत उत्तम काकीले महानगरपालिकाका २९ वटै वडाका ६० हजार नौ सय ८८ घरलाई सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर […]

विवादमा ललितपुरको मेट्रिक ठेगाना प्रणाली, चर्को शुल्कको विरोध

६ साउन, काठमाडौं ।  ललितपुर महानगरपालिकाको मेट्रिक ठेगाना प्रणाली विवादमा परेको छ ।  ललितपुर महानगरपालिकाले मेट्रिक प्रणालीमा आधारित घर नम्बर राखेबापत १ हजार रुपैयाँ शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमा महानगरको निर्णयको विरोत्र भएकहो हाे । वडा नम्बर ३ मा गत वर्ष नै घर नम्बर जडान गरेको महानगरले सबै वडामा एकसाथ प्लेट जडानको काम गरिरहेको छ […]

भीमदत्तमा मेट्रिक घर नम्बर प्रणाली सुरु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ । मेट्रिक विधिबाट घरलगायत संरचनाको नम्बरिङ सुरु गरेको हो । बिहीबार नगरप्रमुख सुरेन्द्र विष्टले मेट्रिक घर नम्बर प्रणाली उद्घाटन गरे । भीमदत्त नगरपालिका–१ भाँसीमा रहेको शिव मन्दिर र रौटेला मार्ग उद्घाटन गर्दै नगर प्रमुख विष्टले मेट्रिक विधिबाट घरलगायत संरचनाको नम्बरिङ सुरु गरेका हुन् । ‘नगरपालिकालाई नागरिकका समस्या पहिचान गरेर नीति निर्माणका लागि हामीले बिहीबारदेखि घरको नम्बर हाल्न सुरु गरेका छौं, उनले भने, ‘यो विधिबाट सबै वडाहरूमा सडक र घर नम्बरिङ गछौँ ।’ नगरको एकीकृत दिगो विकास र समृद्धिका लागि नगरपालिकाले थुप्रै योजना अघि सारेको बताउँदै नगरप्रमुख विष्टले प्रविधिको उच्चतम प्रयोग गरेर अघि बढ्ने धारणा व्यक्त गरे । आईडिसीका टिम लिडर थम्बराज श्रेष्ठले यो प्रणाली सुरु भएपछि हरेक घरको जानकारी नगरपालिकालाई हुने बताए  । ‘यो विधिबाट नागरिक र नगरपालिका दुवैलाई फाइदा हुन्छ,’ उनले भने, ‘पालिका र जनताको सम्बन्ध विस्तार पनि हुन्छ ।’ मूल सडकदेखि मिटरका हिसाबले घरमा नम्बरिङ गरिने उनको भनाइ छ ।  सेवा– सुविधालगायत सुझाव संकलन एव अन्य विविध क्षेत्रका कामकाज सहज बनाउन  सुविधा पुग्ने उनले बताए ।

भीमदत्त नगरपालिकाले सुरु गर्‍यो मेट्रिक घर नम्बर

कञ्चनपुर, असोज २१ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ । बिहीबार भीमदत्त नगरपालिका–१ भाँसीमा रहेको शिव मन्दिर र रौटेला मार्गको उद्घाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले मेट्रिक विधिबाट घरलगायतका संरचनाको नम्बरिङ सुरु गर्नुभएको हो । नगरपालिकाले नागरिकका समस्या पहिचान गरेर नीति निर्माणका लागि घरको नम्बर हाल्न सुरु गरेका उहाँले बताउनुभयो […]

भीमदत्त नगरमा मेट्रिक घर नम्बर प्रणाली सुरु

कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ। मेट्रिक विधिबाट घरलगायतका संरचनाको नम्बरिङ सुरु गरेको हो। बिहीबार एक कार्यक्रमका बिच भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले मेट्रिक घर नम्बर राख्ने...