भीमदत्त नगरपालिकाले सुरु गर्‍यो मेट्रिक घर नम्बर

कञ्चनपुर, असोज २१ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ । बिहीबार भीमदत्त नगरपालिका–१ भाँसीमा रहेको शिव मन्दिर र रौटेला मार्गको उद्घाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले मेट्रिक विधिबाट घरलगायतका संरचनाको नम्बरिङ सुरु गर्नुभएको हो । नगरपालिकाले नागरिकका समस्या पहिचान गरेर नीति निर्माणका लागि घरको नम्बर हाल्न सुरु गरेका उहाँले बताउनुभयो […]

सम्बन्धित सामग्री

भीमदत्तमा मेट्रिक घर नम्बर प्रणाली सुरु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ । मेट्रिक विधिबाट घरलगायत संरचनाको नम्बरिङ सुरु गरेको हो । बिहीबार नगरप्रमुख सुरेन्द्र विष्टले मेट्रिक घर नम्बर प्रणाली उद्घाटन गरे । भीमदत्त नगरपालिका–१ भाँसीमा रहेको शिव मन्दिर र रौटेला मार्ग उद्घाटन गर्दै नगर प्रमुख विष्टले मेट्रिक विधिबाट घरलगायत संरचनाको नम्बरिङ सुरु गरेका हुन् । ‘नगरपालिकालाई नागरिकका समस्या पहिचान गरेर नीति निर्माणका लागि हामीले बिहीबारदेखि घरको नम्बर हाल्न सुरु गरेका छौं, उनले भने, ‘यो विधिबाट सबै वडाहरूमा सडक र घर नम्बरिङ गछौँ ।’ नगरको एकीकृत दिगो विकास र समृद्धिका लागि नगरपालिकाले थुप्रै योजना अघि सारेको बताउँदै नगरप्रमुख विष्टले प्रविधिको उच्चतम प्रयोग गरेर अघि बढ्ने धारणा व्यक्त गरे । आईडिसीका टिम लिडर थम्बराज श्रेष्ठले यो प्रणाली सुरु भएपछि हरेक घरको जानकारी नगरपालिकालाई हुने बताए  । ‘यो विधिबाट नागरिक र नगरपालिका दुवैलाई फाइदा हुन्छ,’ उनले भने, ‘पालिका र जनताको सम्बन्ध विस्तार पनि हुन्छ ।’ मूल सडकदेखि मिटरका हिसाबले घरमा नम्बरिङ गरिने उनको भनाइ छ ।  सेवा– सुविधालगायत सुझाव संकलन एव अन्य विविध क्षेत्रका कामकाज सहज बनाउन  सुविधा पुग्ने उनले बताए ।