सुर्खेत। नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्षमा अमृत विसी विजयी भएका छन्। प्रतिस्पर्धी डण्डिप्रसाद शर्मालाई चुनावी प्रक्रियामा हराउँदै विसी निर्वाचित भएका हुन्।
बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विसीले ३६८ र शर्माले २६७ मत ल्याएका निर्वाचन समितिका सदस्य गंगाराम तिमिल्सिनाले जानकारी दिए।