गत चैत महिनामा नेकपा एमालेको माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको थियो । सो भेलामा माधव नेपालका तर्फबाट प्रस्तुत गरिएको राजनीतिक दस्ताबेज घनश्याम भुसालले लेखेका थिए । कार्यकर्ता भेलामा समापन मन्तव्य दिने क्रममा बरिष्ठ नेता नेपालले अब केपी ओलीसँग सँगै बस्न नसकिने भएकाले बेग्लै पार्टी बनाएर जानुपर्ने आशय प्रकट गरे । त्यसबेला झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली जस्ता सिनियर नेताहरु पनि बेग्लै पार्टी बनाएर जानुपर्ने पक्षमा थिए । तर, भेलाको अन्तिममा घनश्याम भुसालले हस्