काठमाडौँको शंखरापुर नगरपालिका प्रमुखको उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । यता उप मेयरमा भने काँग्रेसको अग्रता रहेको छ । वडा नं १, २, ३, ८ र ९ को परिणाम घोषणापछि राप्रपाले अग्रता लिएको हो । राप्रपाका रमेश नापितले २४ सय २९ मत पाएर अग्रता लिएका छन् । दोस्रोमा नेकपा एकीकृत समाजवादीका एलपी श्रेष्ठले २३ सय ८५ मत पाएका छन् । तेस्रोमा एमालेका कृष्णलाल बजगाईँले २३ सय २८ मत पाएका छन् । चौथोमा रहेका माओवादी केन्द्रका मधु केसीले २ हजार ३ मत पाएका छन् ।