प्रधानमन्त्री केपी शर्मा अोलीले नीति तथा कार्यक्रम महत्त्वकांक्षी भएको स्वीकार गरेका छन्। आइतबार संसद भवन बानेश्वरमा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सो कुरा स्वीकार गरेका हुन्। ‘यो नीति तथा कार्यक्रम म स्वीकार गर्छु आकांक्षाहीन छैन। व्यक्तिको वैयक्तिक आकांक्षा जस्तो छैन। वृहत छ। राष्ट्रलाई पहिलो विश्वमा पुर्याउने आकांक्षा राख्न पाँइदैन? कति वर्ष…