स्थानीय चुनाव यता एमाले प्रवेश गर्नेको संख्या एक लाखभन्दा बढी !

नेकपा एमालेले स्थानीय तहको निर्वाचन यता एक लाखभन्दा बढी व्यक्ति विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गरेको दाबी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्व सन्ध्यामा एमालेका शीर्ष तहका नेतामात्र होइनन्, कतिपय कार्यकर्ताले पनि यस प्रकारको दाबी सामाजिक सञ्जालमार्फत गरिरहेका छन् ।विभिन्न पार्टी छाडेर आफ्नो पार्टीमा आएका एक लाखमध्ये ५० हजारभन्दा बढी व्यक्ति मधेस प्रदेशकै रहेको दाबी एमालेले गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफै मधेस प्रदेशका विभिन्न जिल्लामा पुगेर पार्टी प्रवेश कार्यक

सम्बन्धित सामग्री

इटहरीमा ‘नील’ भएको माओवादीलाई द्वारिकले बलियो बनाउलान् ?

इटहरी द्वन्द्वप्रभावित तथा पीडितहरूको मुकामजस्तै भएकोले यहाँ माओवादीको जनमत राम्रो नभएको स्थानीय राजनीतिलाई नजिकबाट नियाल्नेको विश्लेषण छ । स्थानीय चुनाव २०७४ मा इटहरीमा जम्माजम्मी वडा नम्बर १० मा एक सदस्य माओवादीले जितेको थियो । पछि उनी पनि एमाले प्रवेश गरे । त्यसताका माओवादी मेयर उम्मेदवारको मतलाई उछिन्दै राप्रपा तेस्रो भएको थियो । भर्खरैको स्थानीय चुनावमा पाँचदलीय गठबन्धन हुँदा वडा नम्बर १० र १८ अध्यक्ष टिकट पाएको माओवादीले त्यो पनि गुमायो ।

करिश्मा आज औपचारिक रुपमा एमाले प्रवेश गर्दै

काठमाडौं, ८ चैत्र । नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री करिश्मा मानन्धर आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा औपचारिक रुपमा प्रवेश गर्ने भएकी छन् । पार्टी प्रवेश बारे धेरै अगाडी नै बताउँदै आएकी करिश्मा स्थानीय चुनाव नजिकिदै गर्दा एमाले प्रवेश गर्न लागेकी हुन् । उनीसँगै आज पुर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले पार्टी प्रवेश गर्दैछन् । सिंहले […]

राजमो जस्तो अनुशासित संगठन अरु रहेनछ भन्दै मूलघरमै फर्किए विष्ट

पुष्कर भट्ट, कञ्चनपुर । गत स्थानीय चुनाव अघि राष्ट्रिय जनमोर्चा परित्याग गरी तत्कालिन नेकपा (एमाले) प्रवेश गरेका युवा नेता वीरबहादुर विष्ट मूलघरमै फर्किनुभएको छ ।…