काँग्रेस सप्तरीको चुनावमा मतपत्र च्यातियो, चुनाव स्थगित

नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान रोकिएको  छ । रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो ।सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो ।  मतपत्र च्यातेर दुवै पक्षबीच विवाद भएपछि साँझ ५ बजे  मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए । नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको हो । 

सम्बन्धित सामग्री

विर्तामोड नगरपालिकाको मतगणना दिउँसो ३ बजेदेखि सुचारु गर्ने सहमति

झापा :  गए रातिदेखि स्थगित भएको विर्तामोड नगरपालिकाको मतगणना आइतबार दिउँसो ३ बजेदेखि सुचारु हुने भएको छ।निर्वाचन कार्यालय झापाका प्रमुख चढ्ने गाडीमा नमुना मतपत्र भेटिएको भन्दै काँग्रेस माओवादी गठबन्धनका  कार्यकर्ताहरू विरोधमा उत्रिएका थिए।कार्यकर्ताहरू विरोधमा उत्रिएपछि शनिवार राती १२ बजेदेखि मतगणना रोकिएको थियो। मतगणना रोकिएपछि आइतबार बिहान  निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेका थियो। बैठकमा मतगणना स्थलमा कर्मचारी थपिनुका साथै संघीय सरकारका कर्मचारी राख्नु पर्ने द

जुम्लाको शंकर मावि मतदानस्थलमा झडप, मतदान रोकियो

जुम्लाको गुठीचौर गाउँपालिका गज्यांकोटस्थित शंकर बहुद्देश्य माध्यमिक बिद्यालयको मतदान केन्द्रमा नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीबीच झडप हुँदा मतदान स्थगित भएको छ ।कार्यकर्ताबीचको झडपमा सहायक निर्वाचन अधिकृत रवी भण्डारीलाई समान्य चोट लागेको छ । प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले मतदान स्थलमा मतदाताले मतपत्र च्यात्न खोज्दा झडप भएको बताएकी छन् ।‘मतपत्र च्यात्न खोज्दा दुुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो । अहिले मतदान स्थगित भएको छ । सर्वदलीय बैठकले मतदानको विषयमा निर्णय गर्नेछ,&r

बारा काँग्रेसमा मतदान प्रक्रियामा धाँधलीः मतपत्र जलाएर मतदान प्रक्रिया स्थगित

सभापति पदका उम्मेदव राजेश राय यादवले जबरजस्ती अरुको मत खसाउने गरेको भेटिए पछि खसेको मतपत्रलाई बदर गरि जलाउने काम गरिएको नेपाली काँग्रेस कलैया उपमहानगरपालिकाका नगर सचिव मुकेश यादवले बताएका छन्।...

काँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेपाली काँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदै छ। बुधवार नै मतदान हुने कार्य तालिका रहे पनि मतपत्र छपाइमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधवार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो।

काँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेपाली काँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदै छ। बुधवार नै मतदान हुने कार्य तालिका रहे पनि मतपत्र छपाइमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधवार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो।

काँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेपाली काँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदै छ। बुधवार नै मतदान हुने कार्य तालिका रहे पनि मतपत्र छपाइमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधवार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो।

काँग्रेस प्रदेश २ अधिवेशनः  मतदान भोलिलाई सर्यो

नेपाली काँग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत आज हुने भनिएको  मतदान स्थगित भएको छ । जनकपुरधामस्थित गोपाल धर्मशालामा बुधबार दिउँसो १ बजेदेखि मतदानको समय निर्धारण गरिएको थियो । तर साँझ ६ बजेसम्म पनि प्राविधिक तयारी पूरा नभएकोले मतदान बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जनाए ।उनले मतपत्र छपाइको काम पूरा हुन नसकेको भन्दै  मतदान स्थगित गरिएको बताए । सभापतिमा संस्थापन पक्षका उम्मेदवार रामकृष्ण यादव छन् भने विमलेन्द्र निधि–शेखर कोइराला

काँग्रेस महाधिवेशन : पर्वतमा मतपत्रमा त्रुटि देखिएपछि रोकिएको मतगणना सुरु हुँदै

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्वतमा मतपत्रको डिजाइनका बारेमा विवाद बढेपछि स्थगित भएको मतगणना बिहीबार बिहान पुनः सुचारु गरिने भएको छ । जिल्ला सभापति सहितका प्रतिनिधिका लागि भएको मतदानका क्रममा मतपत्रमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका महिला र पुरुषलाई फरकफरक कोलममा नराखी एकै ठाउँमा राखिएका कारण विवाद उत्पन्न भएको थियो । मतपत्र तयार गर्दा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला,खस आर्यतर्फ पुरुष र महिलाको छुट्टाछुट्टै महल बनाएर मतपत्र तयार नगरेकाले प्रतिनिधिका रूपमा जाने पु

काँग्रेस अधिवेशन : फर्जी मत खसेको भन्दै अछाम १ मा मतगणना स्थगित

फर्जी मत खसेको भन्दै अछाम १ मा काँग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र १ मा ७५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४१७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७७५ पुगेको उम्मेदवारहरूले बताएका छन् ।

लमजुङ काँग्रेसमा विवाद : राइनासको मतदान स्थगित, मतपत्र जलाइयो

नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनका क्रममा  मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो ।उक्त मतपत्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्र समेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको अध्यक्षका उमेदवार श्रीकृष्ण पौडेलले बताए ।‘कानूनी रुपमा वैधानिक नहुने गरी मतपत्रमा मतदान गर्ने कोलम नै नराखि मलाई हराउने