नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्वतमा मतपत्रको डिजाइनका बारेमा विवाद बढेपछि स्थगित भएको मतगणना बिहीबार बिहान पुनः सुचारु गरिने भएको छ । जिल्ला सभापति सहितका प्रतिनिधिका लागि भएको मतदानका क्रममा मतपत्रमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका महिला र पुरुषलाई फरकफरक कोलममा नराखी एकै ठाउँमा राखिएका कारण विवाद उत्पन्न भएको थियो । मतपत्र तयार गर्दा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला,खस आर्यतर्फ पुरुष र महिलाको छुट्टाछुट्टै महल बनाएर मतपत्र तयार नगरेकाले प्रतिनिधिका रूपमा जाने पु