काठमाडौं : नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने समानुपातिककाे बन्दसूची तयार पार्न कार्यदल गठन गरेको छ। माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा कार्यदल गठन गरेको नेता गिरिराजमणि पोखरेलले बताए। महासचिव गुरुङकाे नेतृत्वमा गठन गरेकाे कार्यदलमा नेता पोखरेल र वर्षमान पुन सदस्य रहेका छन्। कार्यदलले सिफारिस भएर आएको सूचीको अध्ययन गरेपछि भोलि बिहान बस्ने बैठकले समानुपातिकको बन्दसूची तयार पार्ने उनले बताए।