काभ्रे। नेकपा एमालेका नेता माधव कुमार नेपालले आफूहरू ‘मर्ता त क्या नहीं कर्ता’ को अवस्थामा पुगेको बताएका छन्। काभ्रेमा समानान्तर कमिटी गठन गर्दै नेता नेपालले भने, ‘हाम्रो भविष्य नै सिध्याइदिने भनेपछि केपी ओलीलाई हामीले पनि सिध्याइदियौं।’ नेपाल पत्रकार महासंघको चुनाव र कर्णालीमा सबै दलहरूसँग मिलेर ओलीको हैसियत देखाएको भन्दै उनले आक्रोश पोखे।