काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) को १४औँ सिजनअन्तर्गत छैटौँ म्याचमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध सनराइजर्स हैदराबादले टस जितेर बलिङ रोजेको छ।यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ पाैने ८ बजेदेखि चेन्नईमा सुरू हुनेछ। जारी सिजनमा दुवै टोलीले एक–एक म्याच खेलिसकेका छन्। जारी सिजनमा बैंग्लोरले मुम्बई इण्डियन्सलाई ३ विकेटले हराउँदै विजयी सुरुवात गरिसकेको छ।यता हैदराबाद भने कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको थियो। बैंग्लोरले अघिल्लो खेलको लयलाई नै काय