आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको नतिजा कस्तो आउला भन्नेमा दलहरु आन्तरिक लेखाजोखामा छन् । स्थानीय तह निर्वाचन २०७९ मा वडा अध्यक्ष पदका उम्मेदवारले ल्याएको मतका आधारमा आसन्न निर्वाचनको नतिजा कस्तो आउन सक्छ भन्ने आकलन भइरहेको छ ।प्रदेश १ मा सोही मतलाई आधार मानेर हेर्दा दलहरु एक्लाएक्लै भिड्दा एमालेले २० सिट जित्न सक्ने देखिएको छ । कांग्रेसले भने इलाम २, ओखलढुंगा, झापाको क्षेत्र नम्बर ३, मोरङको क्षेत्र नम्बर ५, मोरङको क्षेत्र नम्बर ६, सुनसरीको क्षेत्र नम्बर २ र ४ र सोलुखुम्बु निर्वा