मोरङ – विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। विराटनगरमा पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको २५ बुँदे प्रतिज्ञा पत्र आइतबार सार्वजनिक गरेका हुन्। स्थानीय तह निर्वाचनमा विवेकशीलले विराटनगर महानगरपालिकामा मेयर उपमेयरसहित ७ वटा वडामा अध्यक्षलाई चुनावी मैदानमा उतारेको छ। पत्रकार सम्मेलनमा अध्यक्ष मिश्रले युवा, विद्यार्थी, वृद्धवृद्धा तथा महानगरका बासिन्दाको पक्षमा […]