अर्घाखाँची : जिल्ला अदालत अर्घाखाँची लुम्बिनी प्रदेशको उत्कृष्ट अदालत बनेको छ। गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फर्स्यौट गरेकाले उत्कृष्ट घोषणा गरिएको हो।अदालतले ७० दशमलब ९३ प्रतिशत मुद्दा फर्स्यौट न्यायाधीश वासुदेव न्यौपानेले जानकारी दिए। आर्थिक वर्ष २०७६/७७ मा बाँकी रहेका १४९ वटा मुद्दा र २०७७/०७८ का २८० वटा मुद्दा गरी ४३० वटा मुद्दामध्ये ३०५ वटा मुद्दा फर्स्यौट भएको अदालतका श्रेस्तदार महेश खनालले जानकारी दिए।अर्घाखाँचीपछि प्युठान जिल्ला अदालत