बैतडी : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा उम्मेदवार बनेकामध्ये २९२ जनाको जमानत (धरौटी) जफत भएको छ। निर्वाचनमा भाग लिएका उम्मेदवारले खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत पनि मत प्राप्त गर्न नसके धरौटी जफत हुने गर्दछ।सबैभन्दा बढी जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा ९२ जनाको धरौटी जफत भएको छ। नगरप्रमुखका ४ जना उम्मेदवार र उपप्रमुख ३ जना सहित वडाध्यक्ष र सदस्य गरी ९२ जनाको धरौटी जफत भएको हो। मेलौली नगरपालिकामा नगरप्रमुखका ३ जना उम्मेदवारसहित ५६ जनाको धरौटी जफत भएको छ।पाट