भासियो बैतडी–दार्चुला जोड्ने पुल, आवागमनमा रोक

बैतडी : बैतडी–दार्चुला जोड्ने कर्कले पुल भासिएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका-रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रीज भासिएको हो।केही दिनअघि उक्त पुलको दार्चुलातर्फको मुख्य पिलर भएको ठाउँमा पूरै जमिन भासिएको सवारी चालकहरूले बताएका छन्। पहिरोले पुलको मुख्य पिलर तलतिरको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ।दुर्घटनाको जोखिम बढेसँगै पुलमा ठूला गाडी  आवागमनमा रोक लगाइएको ट्रक चालक शेरसिंह कार्कीले बताए।उक्त पुल भएर बैतडीको रुद्

सम्बन्धित सामग्री

सडक भासियो, कल्भर्ट जोखिममा

धनगढी उपमहानगरपालिका वडा नम्बर १ र वडा नम्बर ५ जोड्ने सडक भासिएर कल्भर्ट जोखिममा परेको छ । जथाभावी डोजर लगाई सडक र कल्भर्ट संरक्षणका लागि बनाइएको तटबन्ध भत्काएपछि सडक भासिएको हो ।धनगढी वडा नम्बर १ स्थित नविन जिम क्लब पछाडिदेखि वडा नम्बर ५ तारानगर जाने सडक भासिएको हो । सडक भासिएपछि दुई वटा वडा जोड्ने कल्भर्ट भत्किने जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।धनगढी उपमहानगरपालिकाले नाला अतिक्रमण हटाउने अभियानअन्तर्गत वडा नम्बर ५ सुकुटी नालामा डोजर लगाउन सुरु गरेको थियो । अतिक्रमित भौतिक संरचना हटाउने नाम

कमला नदीमा निर्माणाधीन पुलको अर्को पाया पनि भासियो

हुलाकी सडक खण्डअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको अर्को पाया (पायल) पनि भासिएको छ। वर्षाले कमला नदीमा आएको बाढीले निर्माणाधीन पुलको धनुषातर्फबाट ३ नम्बरको पाया भासिएको हो। पुलको...

वर्षाले २० वटा पुल क्षतिग्रत

काठमाडौं । गत  साता  आएको    औसत  बाढीले  उद्घाटनको  तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा  र  सिरहा  जोड्ने  कमला  नदीको  पुल  भासियो  ।पुलका  १२  वटा  स्पान (पुल निर्माणको एक भाग) रहेको पुलको सिरहातर्फको दोस्रो स्पान भासिएपछि अनेक प्रश्न खडा भएका छन् । त्यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइस्थित त्रियुगा नदीको पक्की पुलसमेत भत्कियो ।सो पुलको एउटा स्पान नदीमा

बाढीले भासियो मर्स्याङ्दी नदीको झोलुङ्गे पुल

केही दिनदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भासिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको हो । बाढीले तनहुँ तर्फको पुलको भाग भासिएर नदीमा पुगेको छ । आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले दुई जिल्ला जोड्ने पुल भासिएपछि वारपार गर्न समस्या भएको जानकारी दिए । यही पुल हुँदै गोरखास्थित अकला मन्दिरमा भक्तजन आउने गर्दथे

१० वर्ष लगाएर बनाइँदै गरेको कमला पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम : सिरहा–धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ। आज बिहानको बाढीले पुलको एउटा पिलर भासिएको हो।सञ्चालनको तयारी भइरहेको बेला पुलको एउटा पिलर भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए। उनका अनुसार पुलमा १२ स्पान (पिलर) रहेको छ। जसमध्ये एउटा एक फिट भासियो। पुलको निर्माण डिजाइनअनुसार काम नभएको वा डिजाइन नै गलत भएकाले भासिएको हुन सक्ने प्रजिअ कँडेल बताउँछन्। ४७० मिटर लामो पुल मात्र ४२ महिनामा बनाउने सम्झौता पप्पु कन्स्ट्रक्सनले

धनुषा–सिरहा जोड्ने निर्माणाधीन कमला पुल भासियो

धनुषा–सिरहाको सिमावर्ती क्षेत्रस्थित हुलाकी राजमार्गमा निर्माणाधीन कमला पुल भासिएको छ ।  ०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने भन्दै सम्झौता भएको उक्त पुल सञ्चालनमा नआउँदै भासिएको हो ।सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन उक्त पुलको स्पान भासिएपछि तत्काल सञ्चालन हुने सम्भावना टरेको छ । धनुषा र सिरहा जिल्लालाई जोड्ने पुलको १२ वटा स्पानमध्ये पूर्व–पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । कँडेलले भने– &lsquo

टीकापुर र राजापुर जोड्ने सत्ती पुल भासियो

असार १३, कैलाली । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ ।  हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिएका छन् । उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए ।   कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भइरहेको स्थानीय भीम बिकले जानकारी दिए । पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन ।  पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो । रासस

हुलाकी राजमार्गअन्तर्गत कैलाली र बर्दिया जोड्ने पुल भासियो

धनगढी – हुलाकी राजमार्गअन्तर्गत कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीमा बनेको सत्तीघाट पुल भासिएको छ। पुल भासिँदा आवतजावत बन्द भएको छ। पुलको पूर्वपट्टि छेउको तटबन्ध भत्किँदा पुल भासिएर शनिबार साँझदेखि आवतजावत बन्द भएको हो। पुलको पारिपट्टि बर्दियातर्फको तटबन्ध पानीको बहावले भत्किँदा आवतजावत बन्द गरिएको प्रहरी चौकी सत्तीका इन्चार्ज लोकेन्द्र चन्दले जानकारी दिए। पुलको पूर्वतर्फको […]

बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुलको तटबन्ध भासियो

तटबन्ध भासिँदा आउजाउमा समस्या भएको छ । पुल सञ्चालनका लागि हुलाकी राजमार्ग आयोजनाका प्रतिनिधिलाई बोलाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो ।