पर्यटकीय सम्भावना बोकेको हिमाली जिल्ला हुम्लाको सिमकोट विमान स्थलको विकास तथा स्तरोन्नति एकसाथ भएकाे छ। विमानस्थलको विकास र थप निर्माणले हवाई सेवा सहज रुपमा सुचारु हुने भएपछि हालको पर्यटन ब्यवसाय भन्दा बढी फस्टाउने देखिएको हो ।
सिमकोट बिमानस्थल आयोजनाका फिल्ड इन्चार्ज ईन्जिनीयर अजय कुमार गुताका अनुसार हाल काम निर्माणको अन्तिम चरणमा रहेका कामहरुमा बिमानस्थलको एप्रोेन कालोपत्रे, विमानस्थल घेरवार र नयाँ एप्रोन छन् ।