प्रधानन्यायाधीशविरुद्धकाे आन्दाेलनमा कानुन व्यवसायी सहभागी हुनुस् : नेपाल बार

काठमाण्डाै – नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध भइरहेकाे आन्दोलनलाई निरन्तरता दिने भएको छ । आज आइतवार देशभरका बार इकाइका पदाधिकारीहरूसँगको भर्चुअल छलफलपछि बार विज्ञप्ति निकाल्दै भोलि साेमवारदेखि न्यायालय शुद्धीकरण गर्ने अभियानलाई निरन्तरता दिने जनाएकाे हाे ।  बार एसाेसिएशनले सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितका विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएको हो ।  ‘प्रधानन्यायाधीशज्यूको राजीनामा माग गर्दै गएको कात्तिक १४, १५, १६ र १...

सम्बन्धित सामग्री

नेपाल बार अध्यक्षमा घिमिरेको जित सुनिश्चित

काठमाडौं । नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ । बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षमा चुनाव लडेका घिमिरेले ३ हजार ७ सय २८ मत पाइसकेका छन् । उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाएका छन् । अब गणना हुन करिब १५ सय मत […]

नेपाल बार एशोसिएशनको निर्वाचन आज

नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुँदैछ । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् । निर्वाचन समितिका सदस्य सुरेन्द्र महतोका अनुसार बारको निर्वाचनका लागि

नेपाल बार एसोसिएशनको चुनाव शनिबार

काठमाडौं : नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन भोलि (शनिबार) हुने तय भएको छ। बारको नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको छ।दुई समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्।

बारको चुनावमा नेपाल कानुन व्यवसायी संस्थाले सहभागिता जनाउने

काठमाडौँ– नेपाल बार एशोसिएशनको आगामी चैत्र २३ गते हुने निर्वाचनमा नेपाल कानुन व्यवसायी संस्थाले भाग लिने भएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संस्थाले नेपाल बारलाई स्वच्छ, निष्पक्ष र सक्षम न्याय प्रणालीको मान्यतामा कृयाशील रहन सक्ने नेतृत्व दिने जानकारी दिएको हो । कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा संस्थाका अध्यक्ष विष्णुप्रसाद भट्टराईले जनतामा निहित रहने मान्यता, […]

नेपाल कानुन व्यवसायी संस्थाले बार एशोसिएशनको आगामी चुनावमा भाग लिने

काठमाडौं, १५ फागुन । नेपाल बार एशोसिएशनको आगामी चैत्र २३ गते हुने निर्वाचनमा नेपाल कानुन व्यवसायी संस्थाले भाग लिने भएको छ । आज (आइतबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै संस्थाले नेपाल बारलाई स्वच्छ, निश्पक्ष र सक्षम न्याय प्रणालीको मान्यतामा अकण्टक कृयाशिल रहन सक्ने नेतृत्व दिने जानकारी दिएको हो । वरिष्ठ अधिवक्ता तथा संस्थाका अध्यक्ष […]

प्रहरीले बल प्रयोग गर्दा आधा दर्जन कानुन व्यवसायी घाइते

सर्वोच्च अदालत परिसरमा जारी नेपाल बार एसोसियसनको धर्नामा प्रहरीले बल प्रयोग गर्दा आधा दर्जन बढी कानुन व्यवसायी घाइते भएका छन्। बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जनसहित कम्तिमा...

सर्वोच्चमा कानुन व्यवसायी र प्रधानन्यायाधीश समर्थकबीच घम्साघम्सी (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्च अदालत परिसरमा आन्दोलनरत कानुन व्यवसायी र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका समर्थकबीच घम्साघम्सी भएको छ। सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्थाबीच दुई पक्षबीच घम्साघम्सी भएको हो। नेपाल बार एसोसियसनमा आवद्ध कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत छिर्नै नदिने उद्देश्यले मूल प्रवेशद्वारमै अवरोध गरेपछि राणाका समर्थकहरुले त्यसको प्रतिवाद गरेका हुन्। सर्वोच्चको मूल प्रवेशद्वारमै बारले धर्ना दिएपछि […]

नेपाल बार परिसरमा कानुन व्यवसायीबीच हानाहान (भिडियोसहित)

काठमाडौँ– नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच हात हालाहाल भएको छ । सर्वोच्चको इजलासका बिषयमा विवाद हुँदा अधिवक्ता भूमिनन्द चुडाल र कानुन व्यवसायी विराट न्यौपानेबीच हात हालाहाल भएको हो । उनीहरुबीचको झगडा थप बढ्न थालेपछि बारमा रहेका कानून व्यवसायीहरुले छुट्याउनुपरेको थियो । कानुन व्यवसायी विराट न्यौपानेले आफुले हातपात गरेको र जिम्मा आफुले लिने बताए । […]