बिजुलीको पन्ध्र अर्ब अझै उठेन

लोडसेडिङ कालमा विशेष सुविधाका रूपमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई विद्युत महसुल बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले सक्रियता देखाएको छ ।

सम्बन्धित सामग्री

१० क्यासिनोबाट तीन अर्ब ८५ करोड बक्यौता अझै उठेन

१० क्यासिनोले रोयल्टीबापत बुझाउनुपर्ने तीन अर्ब ८५ करोड बक्यौता वर्षौँदेखि सरकारलाई बुझाएका छैनन् । हेप्पी आवर, रक इन्टरनेसनल, क्यासिनो र्‍याड, याक एन्ड यती, सेन्ट्रल मिडिया प्रालि, फूलबारी रिसोर्ट, नेपाल रिक्रियसन सेन्टर,...

नयाँ आर्थिक वर्षको पहिलो महिनामै उठेन लक्ष्य अनुसार राजस्व

१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै सरकार लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । साउन महिनामा सरकारले ४९ अर्ब रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । संकलन भने ४० अर्ब ३४ करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ८२.३३ प्रतिशत मात्र हो । भन्सारतर्फ सरकारले साउनमा ३९ अर्ब […]

लक्ष्यको आधा पनि उठेन भैरहवा भन्सारमा राजस्व

रुपन्देहीको भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको आधा राजस्व पनि उठाउन सकेको छैन । आर्थिक वर्ष २०७९/०८० मा भैरहवा भन्सारमा एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । तर ७६ अर्ब ८९ करोड, पाँच लाख राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ । यो लक्ष्यको ४९.४१ प्रतिशत हो […]

कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन

टीकापुर, ३ साउन । कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन । दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ । कैलाली भन्सार कार्यालयलाई गत आव २०७९/८० मा भन्सार विभागले  १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो […]

वीरगन्ज भन्सारमा थन्किए २ हजार बढी गाडी, उठेन २० अर्ब राजस्व

वीरगन्ज भन्सारमा थन्कियो २ हजार भन्दा बढि गाडी, गाडी थन्किदा २० अर्ब राजस्व उठन सकेन्।

वीरगन्ज भन्सारमा थन्किए २ हजार बढी गाडी, उठेन २० अर्ब राजस्व

वीरगन्ज भन्सारमा थन्कियो २ हजार भन्दा बढि गाडी, गाडी थन्किदा २० अर्ब राजस्व उठन सकेन्।

लक्ष्य अनुसार राजस्व उठेन

काठमाडौं । देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्ष २०७९/०८० को लगातार तेस्रो महिनामा लक्ष्य अनुसार राजस्व उठाउन असफल भएको छ । गत असोज मसान्तमा लक्ष्यअनुसार राजस्व उठाउन नसकेपछि ३ महिनासम्म लक्ष्य प्राप्तिमा धर्मराएको हो । कार्यालयले निकालेको तथ्यांक अनुसार यस कार्यालयले चालू आर्थिक वर्षको असोज महिनामा १२ अर्ब ४९ करोड ३८ […]

बञ्चरेडाडाँका स्थानीयले मागे ११ अर्ब मुआब्जा, फागुनयता ३३ दिन उठेन फोहोर

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाकाे फोहोर दीर्घकालीन व्यवस्थापनका लागि नुवाकोट–धादिङ सिमानामा बनाउँदै गरेकाे बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले जग्गा अधिग्रहणको मुआब्जाबापत ११ अर्ब रूपैयाँ माग गरेका छन्।स्थानीयले २२ सय रोपनी क्षेत्रफल अधिग्रहण गर्न माग राखेको काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाकाे एक सेल ल्यान्डफिलको काम सकिएको र शहरी विकास मन्त्रालयले महानगरलाई त्यहाँ फोहोर विसर्जन गर्न पत्र प

रू. १ खर्ब ७१ अर्ब बक्यौता कर उठेन

काठमाडौं । सरकारले रू. १ खर्ब ७१ अर्बभन्दा बढी बक्यौता कर उठाउन सकेको छैन । करदाता कार्यालयले निर्धारण गरेको करमा चित्त नबुझेर करदाताहरू अदालत जाँदा र समयमै करदाताले तिर्न बाँकी कर नतिर्दा ठूलो मात्रामा राज्यले कर उठाउन नसकेको हो । आन्तरिक राजस्व विभागको पछिल्लो प्रतिवेदनअनुसार न्यायिक निकायमा विचाराधीन रहेको र वास्तविक बक्यौतासमेत गरी कुल बक्यौता रू.१ खर्ब ७१ अर्ब ३९ करोड ४६ लाख उठ्न सकेको छैन । विभागको बक्यौता तथा बेरुजू शाखाका अनुसार बक्यौतातर्फ आर्थिक वर्ष (आव) २०७७/७८ सम्ममा बक्यौता रू. ३९ अर्ब ४० करोड ६० लाख कर उठ्न सकेको छैन । कार्यालयहरूबाट भएको कर निर्धारणउपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरवलोकन तथा न्यायिक निकायमा अपीलमा रहेको बक्यौता रकम रू. १ खर्ब ३१ अर्ब ९८ करोड ८५ लाख पुगेको छ । आव २०७७/७८ मा रू. १० अर्व १ करोड आयकर बक्यौता उठाउने लक्ष्य रहेकोमा रू.२ अर्व ५१ करोड असुल भएको छ । यो लक्ष्यको तुलनामा २५ प्रतिशत मात्रै असुली हो । यस्तै, मूल्य अभिवृद्धि करतर्फ रू.४ अर्ब ४७ करोड लक्ष्य रहेकोमा रू. ५ अर्व ४१ करोड असुल भै लक्ष्यको तुलनामा १२१ प्रतिशत प्रगति भएको छ । बक्यौता समायोजनअन्तर्गत आयकरतर्फ रू. २३ अर्ब ३५ करोड लक्ष्य रहेको थियो । यसमा रू. ६ अर्ब १३ करोड असुल भएको छ । यो लक्ष्यको तुलनामा २६ प्रतिशत प्रगति भएको हो । यसैअन्तर्गत मूल्य अभिवृद्धि करतर्फ रू. १० अर्ब ४५ करोड लक्ष्य रहेकोमा रू.४ अर्ब २८ करोड असुल भई लक्ष्यको ४१ प्रतिशत प्रगति भएको छ । शाखामा रहेको रेकर्डअनुसार बेरुजूतर्फ आव २०७७/७८ सम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयहरूको रू. २८ अर्ब ८६ करोड २६ लाख ९६ हजार बेरुजू फछ्र्योट भएको छ । कुल बेरुजू रकम रू.४९ अर्ब ६१ करोड ४९ लाख १५ हजारमध्ये ५८ दशमलव १७ प्रतिशत बेरुजू फर्छ्याेट भएको छ भने कुल फछ्र्योट लक्ष्यको ७७ दशमलव ७८ प्रतिशत प्रगति प्राप्त भएको छ । विभागका सुचना अधिकारी राजुप्रसाद प्याकुरेलका अनुसार बक्यौता तथा बेरुजू आन्तरिक राजस्व विभाग तथा अन्तर्गत कार्यालयहरूको बेरुजू अभिलेख राख्ने, बेरुजू फछ्र्योटको मासिक तथा वार्षिक लक्ष्य निर्धारण गर्ने, बेरुजू फर्छ्योटको रणनीति तयार गर्ने, बेरुजू फर्छ्योटको प्रगति अनुगमन गर्ने, बेरुजू फर्छ्योटको मासिक प्रगति तयार गर्ने, महालेखा परीक्षकको प्रतिवेदनहरूको जवाफ तयार गर्ने काम बक्यौता शाखाबाट हुँदै आएको छ । बेरुजू फरफारक गर्न र बक्यौता उठाउन विभागले छुट्टै युनिट परिचालन गरेको छ र हरेक वर्ष प्रगति पनि राम्रै प्राप्त हुँदै गएको उनको दाबी छ ।