रूपचनदाइलाई श्रद्धा र आदरपूर्वक म 'रूपचनदाइ' नै भन्ने गर्थेँ।उनमा अद्वितीय साहस थियो। उनी भन्ने गर्थ, 'आँट चाहिन्छ बाबु! आँटले जे पनि गर्न सकिन्छ।' उनी बलियो पनि उत्तिकै थिए। अहिलेको 'टिफिन टाइम'लाई त्यति बेला 'हाफ टाइम' भन्ने गरिन्थ्यो। एकपटक यस्तै बेला हामी सबै शिक्षकहरू जम्मा भएर गफ गर्दै थियौँ। रूपचनदाइको उपस्थितिमा त्यो फुर्सदको समय पनि निकै शिक्षाप्रद र उपयोगी हुनेगर्थ्यो हाम्रा लागि। उनका अनुभवहरू सुन्नु नै हाम्रा लागि पर्याप्त हुन्थ्यो, खुला