काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ता गठबन्धनसँग जीवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको बताउनुभएकाे छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी संविधान ट्र्याक बाहिर गएको भन्दै संविधानलाई ट्र्याकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको उहाँकाे भनाइ छ । आज बुधवार राष्ट्रिय युवा सङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको ‘स्थानीय तह चुनाव, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उहाँले भन्नुभयाे, ‘केपी ओल...